Breaking
धनुषाको औरहीमा मोटरसाइकल दुर्घटना, दुई जना घाइते कञ्चनपुरबाट प्रतिबन्धित लागूऔषधसहित एक जना पक्राउ कोहलपुरको थापा पोलिक्लिनिकमा बिरामीको गोप्य अंग छोएको आरोप, पाँच सदस्यीय छानबिन समिति गठन सर्लाहीमा सशस्त्र प्रहरीले बरामद गर्‍यो प्रतिबन्धित लागुऔषध गाँजा ‎धोबिनीमा ६२ वर्षीया महिलाको हत्या गरी डकैती गरेको आरोपमा तीन युवक पक्राउ पहिरोले कर्णालीका मुख्य राजमार्ग र सडक अवरुद्ध, यात्रामा सावधानी अपनाउन आग्रह सर्लाहीको मलंगवामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु, साइकलयात्री घाइते धनकुटाको सेल्फीडाँडामा माइक्रो र ट्यांकर ठोक्किँदा दुई जना घाइते
Uncategorized

‎सोजीदेवी मावि परीक्षा केन्द्रमा सिडिओको अनुगमन, भोला दाहालको निगरानीमा परीक्षा शान्तिपूर्ण

By Mithila Times ७ महिना अगाडि ७ महिना अगाडि 36 views
MITHILA TIMESmithila-times.com

वीरगञ्ज । कक्षा १० (एसइई) परीक्षाको दोस्रो दिन आज देशभरका विभिन्न परीक्षा केन्द्रहरूमा अनुगमन कार्यलाई तीव्र बनाइएको छ। यसै क्रममा वीरगञ्जस्थित सोजीदेवी माध्यमिक विद्यालय परीक्षा केन्द्रमा प्रमुख जिल्ला अधिकारी (सिडिओ) द्वारा स्थलगत अनुगमन गरिएको छ।‎परीक्षा केन्द्र स्रोतका अनुसार सिडिओ साहेबले परीक्षा सञ्चालनको अवस्था, सुरक्षाको प्रबन्ध तथा अनुशासनको अवस्थाबारे निरीक्षण गर्नुभएको हो। अनुगमनका क्रममा परीक्षा शान्तिपूर्ण र व्यवस्थित रूपमा सञ्चालन भइरहेको पाइएको जानकारी दिइएको छ।‎विद्यालय प्रशासनका अनुसार भोला दाहालजीको निगरानीमा परीक्षा सञ्चालन भइरहेको छ। हालसम्म कुनै पनि प्रकारको अवाञ्छित गतिविधि वा अनुशासन उल्लंघनका घटना नदेखिएको जनाइएको छ। यदि कुनै शंकास्पद गतिविधि देखिएमा तत्काल कारबाही गरिने चेतावनी समेत दिइएको छ।‎परीक्षा केन्द्रमा नेपाल प्रहरी तथा सम्बन्धित निकायको सक्रिय उपस्थिति रहेको र कडा निगरानीका कारण परीक्षा मर्यादित र निष्पक्ष रूपमा सञ्चालन भइरहेको बताइएको छ। सम्बन्धित निकायले परीक्षा अवधिभर यस्तै सतर्कता कायम राख्ने जनाएको छ।‎

About The Author

Mithila Times

Leave a Comment