Breaking
धनुषाको औरहीमा मोटरसाइकल दुर्घटना, दुई जना घाइते कञ्चनपुरबाट प्रतिबन्धित लागूऔषधसहित एक जना पक्राउ कोहलपुरको थापा पोलिक्लिनिकमा बिरामीको गोप्य अंग छोएको आरोप, पाँच सदस्यीय छानबिन समिति गठन सर्लाहीमा सशस्त्र प्रहरीले बरामद गर्‍यो प्रतिबन्धित लागुऔषध गाँजा ‎धोबिनीमा ६२ वर्षीया महिलाको हत्या गरी डकैती गरेको आरोपमा तीन युवक पक्राउ पहिरोले कर्णालीका मुख्य राजमार्ग र सडक अवरुद्ध, यात्रामा सावधानी अपनाउन आग्रह सर्लाहीको मलंगवामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु, साइकलयात्री घाइते धनकुटाको सेल्फीडाँडामा माइक्रो र ट्यांकर ठोक्किँदा दुई जना घाइते
News

बाराबाट करिब ७ लाख रुपैयाँका अवैध सामान बरामद, तस्करीमा प्रयोग भएका मोटरसाइकल पनि नियन्त्रणमा

By Mithila Times ६ दिन अगाडि ६ दिन अगाडि 76 views
MITHILA TIMESmithila-times.com

वीरगञ्ज । सशस्त्र प्रहरी बल नेपालले बाराको सीमा क्षेत्रमा सञ्चालन गरेको निगरानी तथा चेकजाँचका क्रममा करिब ७ लाख रुपैयाँ बराबरका अवैध सामान बरामद गरेको छ। भन्सार छली तथा अवैध चोरी–तस्करी नियन्त्रण गर्ने उद्देश्यले विभिन्न सीमा सुरक्षा इकाइबाट परिचालित टोलीले उक्त सामान बरामद गरेको हो।‎‎सशस्त्र प्रहरी बल नेपाल नं. १२ गण हेडक्वार्टर बाराअन्तर्गतका सी.सु. गुल्म पिपरपाती, बी.ओ.पी. बरैनिया तथा सी.सु. गुल्म मटिअर्वाबाट खटिएका टोलीले गरेको कारबाहीका क्रममा कस्मेटिक सामग्री, मदिरा, किराना तथा हार्डवेयरका सामान बरामद गरेका छन्। त्यस्तै, अवैध सामान ओसारपसारमा प्रयोग गरिएको आशंकामा मोटरसाइकलसमेत नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीले जनाएको छ।‎‎सशस्त्र प्रहरी बल नेपाल नं. १२ गण हेडक्वार्टर बाराका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक विक्रममणि अधिकारीका अनुसार बरामद गरिएका सामानको कुल मूल्य करिब ७ लाख रुपैयाँ रहेको छ।‎‎बरामद सामग्री आवश्यक कानुनी प्रक्रिया पूरा गरी वीरगञ्ज भन्सार कार्यालयमा बुझाउने प्रक्रिया अघि बढाइएको उनले जानकारी दिए।‎‎सीमा क्षेत्रमा हुने भन्सार छली तथा अवैध चोरी–तस्करी नियन्त्रण गर्न सशस्त्र प्रहरीले नियमित गस्ती, निगरानी र चेकजाँचलाई प्रभावकारी बनाउँदै आएको जनाएको छ। सीमा क्षेत्रमा हुने गैरकानुनी गतिविधि नियन्त्रण गर्ने उद्देश्यले सुरक्षा निकायले निगरानी तथा कारबाहीलाई निरन्तरता दिइरहेको छ।‎‎

About The Author

Mithila Times

Leave a Comment