Breaking News
सर्लाहीको मलंगवामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु, साइकलयात्री घाइते

MITHILA TIMESmithila-times.com
सर्लाही । सर्लाहीको मलंगवा नगरपालिका–११ गम्हरियामा तीव्र गतिको मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ भने साइकलयात्री घाइते भएका छन्।जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार गएराति भएको उक्त दुर्घटनामा मलंगवा–११ गम्हरिया निवासी ७० वर्षीय वाल्मीकि रायको मृत्यु भएको हो। मोटरसाइकलको गम्भीर ठक्करबाट घाइते भएका रायको उपचारका क्रममा ज्यान गएको हो।सोही मोटरसाइकलको ठक्करबाट साइकल चालक मलंगवा नगरपालिका–४ का ५९ वर्षीय महेश महतो पनि घाइते भएका छन्। घाइते महतोको प्रादेशिक अस्पताल मलंगवामा उपचार भइरहेको छ।दुर्घटनामा संलग्न मोटरसाइकल र चालक कविलासी नगरपालिका–६ का रामलोचन रायलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाएको छ।




