Breaking
धनुषाको औरहीमा मोटरसाइकल दुर्घटना, दुई जना घाइते कञ्चनपुरबाट प्रतिबन्धित लागूऔषधसहित एक जना पक्राउ कोहलपुरको थापा पोलिक्लिनिकमा बिरामीको गोप्य अंग छोएको आरोप, पाँच सदस्यीय छानबिन समिति गठन सर्लाहीमा सशस्त्र प्रहरीले बरामद गर्‍यो प्रतिबन्धित लागुऔषध गाँजा ‎धोबिनीमा ६२ वर्षीया महिलाको हत्या गरी डकैती गरेको आरोपमा तीन युवक पक्राउ पहिरोले कर्णालीका मुख्य राजमार्ग र सडक अवरुद्ध, यात्रामा सावधानी अपनाउन आग्रह सर्लाहीको मलंगवामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु, साइकलयात्री घाइते धनकुटाको सेल्फीडाँडामा माइक्रो र ट्यांकर ठोक्किँदा दुई जना घाइते
Breaking News

धनुषाको औरहीमा मोटरसाइकल दुर्घटना, दुई जना घाइते

By Mithila Times ६ दिन अगाडि ६ दिन अगाडि 55 views
MITHILA TIMESmithila-times.com

कार्तिक ४।धनुषाको औरही गाउँपालिका–१ स्थित बजार टोलमा विद्यालय नजिकै मोटरसाइकल दुर्घटना हुँदा दुई जना घाइते भएका छन्।स्थानीयका अनुसार आज बिहान ज ११ प १४८० नम्बरको मोटरसाइकल दुर्घटनामा परेको हो। दुर्घटनामा मोटरसाइकलमा सवार दुई जना घाइते भएको र उनीहरूलाई उपचारका लागि अस्पताल लगिएको बताइएको छ।स्थानीयवासीका अनुसार दुर्घटनामा परेका व्यक्तिहरू हरिने बोर्डर क्षेत्रबाट आउँदै गरेको हुन सक्ने आशंका गरिएको छ। यद्यपि, दुर्घटना कसरी भयो भन्ने विषयमा विस्तृत विवरण आउन बाँकी छ।चाडपर्वको समयमा सवारीसाधनको चाप बढ्ने भएकाले सडक दुर्घटना न्यूनीकरणका लागि चालकलाई विशेष सावधानी अपनाउन आग्रह गरिएको छ। तीव्र गतिमा सवारी नचलाउन, मादक पदार्थ तथा लागूऔषध सेवन गरेर सवारी नचलाउन र ट्राफिक नियमको पूर्ण पालना गर्न आवश्यक छ।सडक सुरक्षा सबैको साझा जिम्मेवारी भएकाले आफ्नो स्वास्थ्य र अरूको जीवनको सुरक्षाका लागि सवारीसाधन सावधानीपूर्वक चलाउन सम्बन्धित सबैलाई आग्रह गरिएको छ।सुरक्षित यात्रा, सभ्य समाज।

About The Author

Mithila Times

Leave a Comment