Breaking
धनुषाको औरहीमा मोटरसाइकल दुर्घटना, दुई जना घाइते कञ्चनपुरबाट प्रतिबन्धित लागूऔषधसहित एक जना पक्राउ कोहलपुरको थापा पोलिक्लिनिकमा बिरामीको गोप्य अंग छोएको आरोप, पाँच सदस्यीय छानबिन समिति गठन सर्लाहीमा सशस्त्र प्रहरीले बरामद गर्‍यो प्रतिबन्धित लागुऔषध गाँजा ‎धोबिनीमा ६२ वर्षीया महिलाको हत्या गरी डकैती गरेको आरोपमा तीन युवक पक्राउ पहिरोले कर्णालीका मुख्य राजमार्ग र सडक अवरुद्ध, यात्रामा सावधानी अपनाउन आग्रह सर्लाहीको मलंगवामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु, साइकलयात्री घाइते धनकुटाको सेल्फीडाँडामा माइक्रो र ट्यांकर ठोक्किँदा दुई जना घाइते
Breaking News

पहिरोले कर्णालीका मुख्य राजमार्ग र सडक अवरुद्ध, यात्रामा सावधानी अपनाउन आग्रह

By Mithila Times १ महिना अगाडि १ महिना अगाडि 77 views
MITHILA TIMESmithila-times.com

कर्णाली । लगातारको वर्षासँगै विभिन्न स्थानमा पहिरो खस्दा कर्णाली प्रदेशका प्रमुख राजमार्ग तथा ग्रामीण सडकको यातायात प्रभावित भएको छ। मध्यपहाडी राजमार्ग, कर्णाली राजमार्ग, कर्णाली करिडोर तथा राप्ती राजमार्गका विभिन्न खण्डमा पहिरो र लेदो खस्दा केही सडकखण्डमा सवारी आवागमन पूर्ण रूपमा अवरुद्ध भएको छ।रुकुमपश्चिमको सानीभेरी क्षेत्रमा मध्यपहाडी राजमार्गमा पहिरो खसेपछि सडक अवरुद्ध भएको छ। पहिरो पन्छाएर करिब दुई घण्टाभित्र सडक सञ्चालनमा ल्याउने प्रयास भइरहेको जनाइएको छ।त्यस्तै, कालिकोटको गगने खोलामा लेदोसहितको पहिरो खसेपछि कर्णाली राजमार्ग अवरुद्ध भएको छ। पहिरोका कारण यात्रु तथा सवारीसाधन बीच बाटोमै रोकिएका छन्।हुम्लाको सर्केगाड–खच्चा क्षेत्र, मुगुको झारीखोला तथा जुम्ला–मुगु सडकखण्डमा समेत पहिरोका कारण यातायात सेवा प्रभावित भएको छ। जाजरकोटको छेडाथलह सडक र सल्यानको कपुरकोटस्थित राप्ती राजमार्गमा ठूला ढुङ्गा तथा पहिरो खसेपछि आवागमन रोकिएको प्रहरीले जनाएको छ।लगातार वर्षा भइरहेकाले कर्णालीका पहाडी तथा भिरालो क्षेत्रमा पहिरोको जोखिम अझै उच्च रहेको छ। प्रहरीले सडकको पछिल्लो अवस्था बुझेर मात्र यात्रा गर्न तथा जोखिमयुक्त स्थानमा अनावश्यक रूपमा नरोकिन यात्रु तथा चालकलाई आग्रह गरेको छ।अवरुद्ध सडक खुलाउन सम्बन्धित डिभिजन सडक कार्यालय, स्थानीय तह तथा सुरक्षा निकायका टोली परिचालन गरिएको छ। वर्षा नरोकिएसम्म पहिरो तथा सडक अवरुद्ध हुने जोखिम कायमै रहेकाले यात्रुहरूलाई विशेष सावधानी अपनाउन आग्रह गरिएको छ।

About The Author

Mithila Times

Leave a Comment