Breaking
धनुषाको औरहीमा मोटरसाइकल दुर्घटना, दुई जना घाइते कञ्चनपुरबाट प्रतिबन्धित लागूऔषधसहित एक जना पक्राउ कोहलपुरको थापा पोलिक्लिनिकमा बिरामीको गोप्य अंग छोएको आरोप, पाँच सदस्यीय छानबिन समिति गठन सर्लाहीमा सशस्त्र प्रहरीले बरामद गर्‍यो प्रतिबन्धित लागुऔषध गाँजा ‎धोबिनीमा ६२ वर्षीया महिलाको हत्या गरी डकैती गरेको आरोपमा तीन युवक पक्राउ पहिरोले कर्णालीका मुख्य राजमार्ग र सडक अवरुद्ध, यात्रामा सावधानी अपनाउन आग्रह सर्लाहीको मलंगवामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु, साइकलयात्री घाइते धनकुटाको सेल्फीडाँडामा माइक्रो र ट्यांकर ठोक्किँदा दुई जना घाइते
Uncategorized

पोखरियाबाट वीरगञ्ज जाने क्रममा हसमुद्दिन मन्सुरी बेपत्ता, खोजीका लागि परिवारको अपिल

By Mithila Times ६ दिन अगाडि ६ दिन अगाडि 72 views

पर्सा । पर्साको पोखरिया नगरपालिका–६ निवासी हसमुद्दिन मन्सुरी बेपत्ता भएका छन्। मोजैर मियाँका छोरा हसमुद्दिन हिजो बिहान करिब ७ बजेदेखि परिवारको सम्पर्कमा नआएपछि परिवारले उनको खोजी गरिदिन सबैसँग अपिल गरेको छ।‎‎परिवारका अनुसार हसमुद्दिन पोखरियाबाट वीरगञ्ज जाने भन्दै घरबाट निस्किएका थिए। तर, लामो समय बितिसक्दा पनि उनी घर नफर्किएको र परिवारको सम्पर्कमा समेत नआएको जनाइएको छ।‎‎हसमुद्दिन मानसिक स्वास्थ्यसम्बन्धी समस्याबाट प्रभावित रहेको परिवारले जनाएको छ। यसले गर्दा परिवार उनको अवस्थालाई लिएर चिन्तित बनेको छ।‎‎परिवारले उनलाई कतै देखेमा वा फेला पारेमा तत्काल दिइएको सम्पर्क नम्बरमा जानकारी गराई खोजी कार्यमा सहयोग गरिदिन सर्वसाधारणसँग अनुरोध गरेको छ।‎‎सम्पर्क नम्बर: ९८०२९२३७००‎‎

About The Author

Mithila Times

Leave a Comment