Breaking
धनुषाको औरहीमा मोटरसाइकल दुर्घटना, दुई जना घाइते कञ्चनपुरबाट प्रतिबन्धित लागूऔषधसहित एक जना पक्राउ कोहलपुरको थापा पोलिक्लिनिकमा बिरामीको गोप्य अंग छोएको आरोप, पाँच सदस्यीय छानबिन समिति गठन सर्लाहीमा सशस्त्र प्रहरीले बरामद गर्‍यो प्रतिबन्धित लागुऔषध गाँजा ‎धोबिनीमा ६२ वर्षीया महिलाको हत्या गरी डकैती गरेको आरोपमा तीन युवक पक्राउ पहिरोले कर्णालीका मुख्य राजमार्ग र सडक अवरुद्ध, यात्रामा सावधानी अपनाउन आग्रह सर्लाहीको मलंगवामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु, साइकलयात्री घाइते धनकुटाको सेल्फीडाँडामा माइक्रो र ट्यांकर ठोक्किँदा दुई जना घाइते
Uncategorized

बट्टार–त्रिशूली सडक अवरुद्ध, मृतकका परिवारद्वारा कारबाही र क्षतिपूर्तिको माग

By Mithila Times १ हप्ता अगाडि १ हप्ता अगाडि 52 views

नुवाकोट । नुवाकोटको विदुर नगरपालिका–४, बट्टारमा स्कुटरलाई विद्युतीय (ईभी) गाडीले ठक्कर दिँदा स्कुटर चालक नवराज दाहालको मृत्यु भएपछि पीडित पक्षले सडक अवरुद्ध गरेका छन्।‎‎सोमबार भएको उक्त दुर्घटनामा दाहालको निधन भएपछि आक्रोशित पीडित पक्षले घटनामा दोषी देखिएकामाथि कानुनबमोजिम कारबाही गर्नुपर्ने र मृतकका परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने माग राख्दै बट्टार–त्रिशूली सडक बन्द गरेका हुन्।‎‎पीडित पक्षले आफ्ना माग सम्बोधन नभएसम्म विरोध जारी राख्ने संकेत गरेका छन्। सडक अवरुद्ध भएपछि उक्त सडकखण्डमा आवागमन प्रभावित भएको छ।‎‎घटनामा संलग्न ईभी गाडीका चालक तथा दुर्घटनाको थप विवरणबारे आधिकारिक जानकारी आउन बाँकी छ। सडक अवरुद्ध भएपछि यात्रु तथा सवारीसाधन चालकलाई वैकल्पिक मार्ग प्रयोग गर्नुपर्ने अवस्था आउन सक्ने भएकाले सम्बन्धित निकायले समस्या समाधानका लागि पहल गर्नुपर्ने देखिएको छ।‎‎

About The Author

Mithila Times

Leave a Comment