Breaking
धनुषाको औरहीमा मोटरसाइकल दुर्घटना, दुई जना घाइते कञ्चनपुरबाट प्रतिबन्धित लागूऔषधसहित एक जना पक्राउ कोहलपुरको थापा पोलिक्लिनिकमा बिरामीको गोप्य अंग छोएको आरोप, पाँच सदस्यीय छानबिन समिति गठन सर्लाहीमा सशस्त्र प्रहरीले बरामद गर्‍यो प्रतिबन्धित लागुऔषध गाँजा ‎धोबिनीमा ६२ वर्षीया महिलाको हत्या गरी डकैती गरेको आरोपमा तीन युवक पक्राउ पहिरोले कर्णालीका मुख्य राजमार्ग र सडक अवरुद्ध, यात्रामा सावधानी अपनाउन आग्रह सर्लाहीको मलंगवामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु, साइकलयात्री घाइते धनकुटाको सेल्फीडाँडामा माइक्रो र ट्यांकर ठोक्किँदा दुई जना घाइते
Uncategorized

‎वीरगञ्जको टाउन हलमा भव्य रूपमा सम्पन्न भयो ‘DJ Dandiya Night’‎

By Mithila Times ७ दिन अगाडि ७ दिन अगाडि 64 views

वीरगञ्ज, कार्तिक ३ ।‎‎‘OUR GREEN ENVIRONMENT’ को प्रस्तुतिमा संस्कृति नेपाल फाउन्डेसनद्वारा आयोजित ‘DJ Dandiya Night’ कार्यक्रम मंगलबार वीरगञ्जस्थित टाउन हलमा भव्य रूपमा सम्पन्न भएको छ।‎‎कार्यक्रमको अध्यक्षता उज्ज्वल सराफले गर्नुभएको थियो भने प्रमुख अतिथिका रूपमा प्रकाश उपाध्याय उपस्थित हुनुहुन्थ्यो। अतिथिका रूपमा जनमत पार्टीका केन्द्रीय सदस्य ओमप्रकाश सराफ सहभागी हुनुभएको थियो। कार्यक्रम सञ्चालन मानसी नेपालले गर्नुभएको थियो।‎‎कार्यक्रममा डान्डिया नृत्य, डिजे संगीत तथा विभिन्न सांस्कृतिक प्रस्तुति प्रस्तुत गरिएको थियो। कार्यक्रममा जीटी न्यूजका आशिष रनियार, रातो पाना तथा सत्य आस्था खबरका सञ्चालक राज प्रजापतिलगायत विभिन्न सञ्चारमाध्यमका सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो। साथै, विभिन्न क्षेत्रका अतिथि, समाजसेवी तथा कार्यकर्ताहरूको पनि सहभागिता रहेको थियो।‎‎सांस्कृतिक प्रस्तुति र मनोरञ्जनात्मक गतिविधिसहित कार्यक्रम उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको आयोजकले जनाएको छ।

About The Author

Mithila Times

Leave a Comment