Breaking
वडाध्यक्षमाथि लुटपाट प्रयासको आरोपमा किशोर पक्राउ, प्रहरी सहायक निरीक्षक रामाशंकर यादवको नेतृत्वमा तत्काल प्रहरी परिचालन विराटनगरमा सिटी सफारीको ठक्करबाट एक पुरुषको मृत्यु, दुर्घटनापछि फरार चालक पक्राउ विपद्को संवेदनशील समयमा सुरक्षा निकायविरुद्ध घृणा फैलाउने सामग्री प्रकाशन गरेको आरोपमा युवक पक्राउ सप्तरीमा सशस्त्र प्रहरीको ठूलो सफलता: ३१ किलो ६३० ग्राम लागुऔषध गाँजा बरामद वीरगञ्जमा साढे ४ लाख भारतीय रुपैयाँसहित भारतीय नागरिक पक्राउ भरतपुरमा ईभी कारमा अचानक भीषण आगलागी, आगो नियन्त्रणपछि गाडीभित्र एक पुरुषजस्तो देखिने व्यक्तिको जलेको शव फेला; कार पूर्ण रूपमा क्षतिग्रस्त, मृतकको पहिचान खुल्न बाँकी वीरगञ्जको प्रतिमा चोकमा विद्युत् पोलमा भीषण आगलागी, वरपरका घर तथा पसल जोखिममा; तत्काल दमकल पठाउन स्थानीयको आग्रह ‎राजीनामा दिएसँगै उद्योग मन्त्रालयबाट बाहिरिइन् गौरी कुमारी यादव
Uncategorized

‎सोजीदेवी मावि परीक्षा केन्द्रमा सिडिओको अनुगमन, भोला दाहालको निगरानीमा परीक्षा शान्तिपूर्ण

By Mithila Times ५ महिना अगाडि ५ महिना अगाडि 16 views
MITHILA TIMESmithila-times.com

वीरगञ्ज । कक्षा १० (एसइई) परीक्षाको दोस्रो दिन आज देशभरका विभिन्न परीक्षा केन्द्रहरूमा अनुगमन कार्यलाई तीव्र बनाइएको छ। यसै क्रममा वीरगञ्जस्थित सोजीदेवी माध्यमिक विद्यालय परीक्षा केन्द्रमा प्रमुख जिल्ला अधिकारी (सिडिओ) द्वारा स्थलगत अनुगमन गरिएको छ।‎परीक्षा केन्द्र स्रोतका अनुसार सिडिओ साहेबले परीक्षा सञ्चालनको अवस्था, सुरक्षाको प्रबन्ध तथा अनुशासनको अवस्थाबारे निरीक्षण गर्नुभएको हो। अनुगमनका क्रममा परीक्षा शान्तिपूर्ण र व्यवस्थित रूपमा सञ्चालन भइरहेको पाइएको जानकारी दिइएको छ।‎विद्यालय प्रशासनका अनुसार भोला दाहालजीको निगरानीमा परीक्षा सञ्चालन भइरहेको छ। हालसम्म कुनै पनि प्रकारको अवाञ्छित गतिविधि वा अनुशासन उल्लंघनका घटना नदेखिएको जनाइएको छ। यदि कुनै शंकास्पद गतिविधि देखिएमा तत्काल कारबाही गरिने चेतावनी समेत दिइएको छ।‎परीक्षा केन्द्रमा नेपाल प्रहरी तथा सम्बन्धित निकायको सक्रिय उपस्थिति रहेको र कडा निगरानीका कारण परीक्षा मर्यादित र निष्पक्ष रूपमा सञ्चालन भइरहेको बताइएको छ। सम्बन्धित निकायले परीक्षा अवधिभर यस्तै सतर्कता कायम राख्ने जनाएको छ।‎

About The Author

Mithila Times

Leave a Comment