Breaking
धनुषाको औरहीमा मोटरसाइकल दुर्घटना, दुई जना घाइते कञ्चनपुरबाट प्रतिबन्धित लागूऔषधसहित एक जना पक्राउ कोहलपुरको थापा पोलिक्लिनिकमा बिरामीको गोप्य अंग छोएको आरोप, पाँच सदस्यीय छानबिन समिति गठन सर्लाहीमा सशस्त्र प्रहरीले बरामद गर्‍यो प्रतिबन्धित लागुऔषध गाँजा ‎धोबिनीमा ६२ वर्षीया महिलाको हत्या गरी डकैती गरेको आरोपमा तीन युवक पक्राउ पहिरोले कर्णालीका मुख्य राजमार्ग र सडक अवरुद्ध, यात्रामा सावधानी अपनाउन आग्रह सर्लाहीको मलंगवामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु, साइकलयात्री घाइते धनकुटाको सेल्फीडाँडामा माइक्रो र ट्यांकर ठोक्किँदा दुई जना घाइते
Uncategorized

सर्बेन्द्रा खनल बारा–४ मा घरदैलो अभियान तीव्र, “जित नजिक” सन्देशसहित मतदातामाझ‎

By Mithila Times ८ महिना अगाडि ८ महिना अगाडि 30 views
MITHILA TIMESmithila-times.com

‎बारा–४। पूर्व आईजीपी सर्बेन्द्र खनाल यतिबेला बारा निर्वाचन क्षेत्र नम्बर ४ मा घरदैलो अभियानलाई तीव्रता दिँदै मतदातामाझ सक्रिय रूपमा पुगिरहनुभएको छ। “जित नजिक” भन्ने सन्देशसहित उहाँको टोली गाउँ–टोल, बजार क्षेत्र तथा विभिन्न युवा भेटघाट कार्यक्रममा सहभागी हुँदै समर्थन जुटाइरहेको देखिएको छ।‎अभियानका क्रममा खनालले सुशासन, पारदर्शिता, विकास निर्माण र शान्ति–सुरक्षालाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। स्थानीयसँग प्रत्यक्ष संवाद गर्दै उहाँले क्षेत्रको पूर्वाधार विकास, रोजगारी सिर्जना तथा युवालाई अवसर उपलब्ध गराउने योजनाबारे धारणा राख्नुभएको टोलीले जनाएको छ।‎घरदैलो कार्यक्रमका क्रममा स्थानीय बासिन्दाले विभिन्न जिज्ञासा तथा सुझाव प्रस्तुत गरेका छन्। खनालले ती सुझावलाई आगामी कार्ययोजनामा समेट्ने प्रतिबद्धता व्यक्त गर्दै निर्वाचनमा व्यापक जनसमर्थन प्राप्त हुने दाबी गर्नुभएको छ।‎बारा–४ मा निर्वाचन गतिविधि दिनप्रतिदिन तीव्र बन्दै गइरहेको छ भने विभिन्न दल तथा उम्मेदवारहरू आफ्नो अभियानलाई प्रभावकारी बनाउन सक्रिय रूपमा लागिरहेका छन्।

About The Author

Mithila Times

Leave a Comment