Breaking
वडाध्यक्षमाथि लुटपाट प्रयासको आरोपमा किशोर पक्राउ, प्रहरी सहायक निरीक्षक रामाशंकर यादवको नेतृत्वमा तत्काल प्रहरी परिचालन विराटनगरमा सिटी सफारीको ठक्करबाट एक पुरुषको मृत्यु, दुर्घटनापछि फरार चालक पक्राउ विपद्को संवेदनशील समयमा सुरक्षा निकायविरुद्ध घृणा फैलाउने सामग्री प्रकाशन गरेको आरोपमा युवक पक्राउ सप्तरीमा सशस्त्र प्रहरीको ठूलो सफलता: ३१ किलो ६३० ग्राम लागुऔषध गाँजा बरामद वीरगञ्जमा साढे ४ लाख भारतीय रुपैयाँसहित भारतीय नागरिक पक्राउ भरतपुरमा ईभी कारमा अचानक भीषण आगलागी, आगो नियन्त्रणपछि गाडीभित्र एक पुरुषजस्तो देखिने व्यक्तिको जलेको शव फेला; कार पूर्ण रूपमा क्षतिग्रस्त, मृतकको पहिचान खुल्न बाँकी वीरगञ्जको प्रतिमा चोकमा विद्युत् पोलमा भीषण आगलागी, वरपरका घर तथा पसल जोखिममा; तत्काल दमकल पठाउन स्थानीयको आग्रह ‎राजीनामा दिएसँगै उद्योग मन्त्रालयबाट बाहिरिइन् गौरी कुमारी यादव
Uncategorized

सर्बेन्द्रा खनल बारा–४ मा घरदैलो अभियान तीव्र, “जित नजिक” सन्देशसहित मतदातामाझ‎

By Mithila Times ७ महिना अगाडि ७ महिना अगाडि 15 views
MITHILA TIMESmithila-times.com

‎बारा–४। पूर्व आईजीपी सर्बेन्द्र खनाल यतिबेला बारा निर्वाचन क्षेत्र नम्बर ४ मा घरदैलो अभियानलाई तीव्रता दिँदै मतदातामाझ सक्रिय रूपमा पुगिरहनुभएको छ। “जित नजिक” भन्ने सन्देशसहित उहाँको टोली गाउँ–टोल, बजार क्षेत्र तथा विभिन्न युवा भेटघाट कार्यक्रममा सहभागी हुँदै समर्थन जुटाइरहेको देखिएको छ।‎अभियानका क्रममा खनालले सुशासन, पारदर्शिता, विकास निर्माण र शान्ति–सुरक्षालाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। स्थानीयसँग प्रत्यक्ष संवाद गर्दै उहाँले क्षेत्रको पूर्वाधार विकास, रोजगारी सिर्जना तथा युवालाई अवसर उपलब्ध गराउने योजनाबारे धारणा राख्नुभएको टोलीले जनाएको छ।‎घरदैलो कार्यक्रमका क्रममा स्थानीय बासिन्दाले विभिन्न जिज्ञासा तथा सुझाव प्रस्तुत गरेका छन्। खनालले ती सुझावलाई आगामी कार्ययोजनामा समेट्ने प्रतिबद्धता व्यक्त गर्दै निर्वाचनमा व्यापक जनसमर्थन प्राप्त हुने दाबी गर्नुभएको छ।‎बारा–४ मा निर्वाचन गतिविधि दिनप्रतिदिन तीव्र बन्दै गइरहेको छ भने विभिन्न दल तथा उम्मेदवारहरू आफ्नो अभियानलाई प्रभावकारी बनाउन सक्रिय रूपमा लागिरहेका छन्।

About The Author

Mithila Times

Leave a Comment