Breaking
धनुषाको औरहीमा मोटरसाइकल दुर्घटना, दुई जना घाइते कञ्चनपुरबाट प्रतिबन्धित लागूऔषधसहित एक जना पक्राउ कोहलपुरको थापा पोलिक्लिनिकमा बिरामीको गोप्य अंग छोएको आरोप, पाँच सदस्यीय छानबिन समिति गठन सर्लाहीमा सशस्त्र प्रहरीले बरामद गर्‍यो प्रतिबन्धित लागुऔषध गाँजा ‎धोबिनीमा ६२ वर्षीया महिलाको हत्या गरी डकैती गरेको आरोपमा तीन युवक पक्राउ पहिरोले कर्णालीका मुख्य राजमार्ग र सडक अवरुद्ध, यात्रामा सावधानी अपनाउन आग्रह सर्लाहीको मलंगवामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु, साइकलयात्री घाइते धनकुटाको सेल्फीडाँडामा माइक्रो र ट्यांकर ठोक्किँदा दुई जना घाइते
Uncategorized

गेटवे होटलमा आचारसंहिता कार्यक्रमप्रति प्रश्न: महासंघकै भवन हुँदाहुँदै सीमित सहभागिता

By Mithila Times ८ महिना अगाडि ८ महिना अगाडि 32 views
MITHILA TIMESmithila-times.com

वीरगञ्ज । नेपाल पत्रकार महासंघ पर्साको आयोजनामा निर्वाचन आचारसंहिता सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ। तर कार्यक्रमको स्वरूप र सहभागितालाई लिएर पत्रकार वृत्तमै प्रश्न उठेको छ।महासंघ पर्सासँग आफ्नै भवन हुँदाहुँदै कार्यक्रम गेटवे होटलमा आयोजना गरिएको तथा करिब २० जना मात्र सहभागी गराइएको भन्दै असन्तुष्टि व्यक्त गरिएको हो। महासंघमा डेढ सयभन्दा बढी पत्रकार आबद्ध रहे पनि फिल्डमा खटिने आम सञ्चारकर्मीलाई व्यापक रूपमा जानकारी नदिइएको गुनासो छ।केही पत्रकारले “कति साथीलाई फोन आयो?” भन्ने प्रश्न उठाउँदै कार्यक्रम सीमित दायरामा राखिएको आरोप लगाएका छन्। उनीहरूका अनुसार निर्वाचनजस्तो संवेदनशील विषयमा आचारसंहिता सम्बन्धी कार्यक्रम महासंघकै भवनमा बृहत् रूपमा आयोजना गरी सबै सदस्यलाई सहभागी गराउनु उपयुक्त हुने थियो।यस विषयमा आयोजक पक्षले भने व्यवस्थापन तथा समन्वयका कारण सीमित सहभागितामा कार्यक्रम सम्पन्न गरिएको जनाएको छ। तर पत्रकार समुदायभित्र पारदर्शिता, समावेशिता र संस्थागत गरिमाको विषयमा बहस भने चर्किएको छ।

About The Author

Mithila Times

Leave a Comment