Breaking
वडाध्यक्षमाथि लुटपाट प्रयासको आरोपमा किशोर पक्राउ, प्रहरी सहायक निरीक्षक रामाशंकर यादवको नेतृत्वमा तत्काल प्रहरी परिचालन विराटनगरमा सिटी सफारीको ठक्करबाट एक पुरुषको मृत्यु, दुर्घटनापछि फरार चालक पक्राउ विपद्को संवेदनशील समयमा सुरक्षा निकायविरुद्ध घृणा फैलाउने सामग्री प्रकाशन गरेको आरोपमा युवक पक्राउ सप्तरीमा सशस्त्र प्रहरीको ठूलो सफलता: ३१ किलो ६३० ग्राम लागुऔषध गाँजा बरामद वीरगञ्जमा साढे ४ लाख भारतीय रुपैयाँसहित भारतीय नागरिक पक्राउ भरतपुरमा ईभी कारमा अचानक भीषण आगलागी, आगो नियन्त्रणपछि गाडीभित्र एक पुरुषजस्तो देखिने व्यक्तिको जलेको शव फेला; कार पूर्ण रूपमा क्षतिग्रस्त, मृतकको पहिचान खुल्न बाँकी वीरगञ्जको प्रतिमा चोकमा विद्युत् पोलमा भीषण आगलागी, वरपरका घर तथा पसल जोखिममा; तत्काल दमकल पठाउन स्थानीयको आग्रह ‎राजीनामा दिएसँगै उद्योग मन्त्रालयबाट बाहिरिइन् गौरी कुमारी यादव
Uncategorized

गेटवे होटलमा आचारसंहिता कार्यक्रमप्रति प्रश्न: महासंघकै भवन हुँदाहुँदै सीमित सहभागिता

By Mithila Times ७ महिना अगाडि ७ महिना अगाडि 14 views
MITHILA TIMESmithila-times.com

वीरगञ्ज । नेपाल पत्रकार महासंघ पर्साको आयोजनामा निर्वाचन आचारसंहिता सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ। तर कार्यक्रमको स्वरूप र सहभागितालाई लिएर पत्रकार वृत्तमै प्रश्न उठेको छ।महासंघ पर्सासँग आफ्नै भवन हुँदाहुँदै कार्यक्रम गेटवे होटलमा आयोजना गरिएको तथा करिब २० जना मात्र सहभागी गराइएको भन्दै असन्तुष्टि व्यक्त गरिएको हो। महासंघमा डेढ सयभन्दा बढी पत्रकार आबद्ध रहे पनि फिल्डमा खटिने आम सञ्चारकर्मीलाई व्यापक रूपमा जानकारी नदिइएको गुनासो छ।केही पत्रकारले “कति साथीलाई फोन आयो?” भन्ने प्रश्न उठाउँदै कार्यक्रम सीमित दायरामा राखिएको आरोप लगाएका छन्। उनीहरूका अनुसार निर्वाचनजस्तो संवेदनशील विषयमा आचारसंहिता सम्बन्धी कार्यक्रम महासंघकै भवनमा बृहत् रूपमा आयोजना गरी सबै सदस्यलाई सहभागी गराउनु उपयुक्त हुने थियो।यस विषयमा आयोजक पक्षले भने व्यवस्थापन तथा समन्वयका कारण सीमित सहभागितामा कार्यक्रम सम्पन्न गरिएको जनाएको छ। तर पत्रकार समुदायभित्र पारदर्शिता, समावेशिता र संस्थागत गरिमाको विषयमा बहस भने चर्किएको छ।

About The Author

Mithila Times

Leave a Comment