Breaking
वडाध्यक्षमाथि लुटपाट प्रयासको आरोपमा किशोर पक्राउ, प्रहरी सहायक निरीक्षक रामाशंकर यादवको नेतृत्वमा तत्काल प्रहरी परिचालन विराटनगरमा सिटी सफारीको ठक्करबाट एक पुरुषको मृत्यु, दुर्घटनापछि फरार चालक पक्राउ विपद्को संवेदनशील समयमा सुरक्षा निकायविरुद्ध घृणा फैलाउने सामग्री प्रकाशन गरेको आरोपमा युवक पक्राउ सप्तरीमा सशस्त्र प्रहरीको ठूलो सफलता: ३१ किलो ६३० ग्राम लागुऔषध गाँजा बरामद वीरगञ्जमा साढे ४ लाख भारतीय रुपैयाँसहित भारतीय नागरिक पक्राउ भरतपुरमा ईभी कारमा अचानक भीषण आगलागी, आगो नियन्त्रणपछि गाडीभित्र एक पुरुषजस्तो देखिने व्यक्तिको जलेको शव फेला; कार पूर्ण रूपमा क्षतिग्रस्त, मृतकको पहिचान खुल्न बाँकी वीरगञ्जको प्रतिमा चोकमा विद्युत् पोलमा भीषण आगलागी, वरपरका घर तथा पसल जोखिममा; तत्काल दमकल पठाउन स्थानीयको आग्रह ‎राजीनामा दिएसँगै उद्योग मन्त्रालयबाट बाहिरिइन् गौरी कुमारी यादव
Uncategorized

राष्ट्रपति सहभागी टुँडिखेलमा प्रजातन्त्र दिवसको विशेष समारोह

By Mithila Times ७ महिना अगाडि ७ महिना अगाडि 14 views
MITHILA TIMESmithila-times.com

‎७ फागुन, काठमाडौं — टुँडिखेलमा विशेष समारोह आयोजना गरी राष्ट्रिय प्रजातन्त्र दिवस मनाइएको छ।‎राष्ट्रपति रामचन्द्र पौडेल र प्रथम महिला सबिता पौडेल सहित सरकारी उच्च पदस्थ व्यक्तिको उपस्थितिमा समारोह सम्पन्न भएको हो। सैनिक मञ्चमा आयोजित यस कार्यक्रमको मुख्य आकर्षण झाँकी, मार्च पास, नृत्य र साङ्गीतिक प्रस्तुति रहेको थियो।‎समारोहमा सेनाले राष्ट्रपति पौडेलको सम्मानमा सलामी अर्पण गरेको थियो। त्यस्तै, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, मन्त्री, नेपालस्थित विदेशी कूटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधि, उच्चपदस्थ सरकारी कर्मचारी र समाजका विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तिहरूले सहभागिता जनाएका थिए।‎समारोहले प्रजातन्त्रको मूल्य र राष्ट्रिय एकता दर्शाउँदै उपस्थित सबैलाई उत्साहित गरेको बताइएको छ।

About The Author

Mithila Times

Leave a Comment