७ फागुन, काठमाडौं — टुँडिखेलमा विशेष समारोह आयोजना गरी राष्ट्रिय प्रजातन्त्र दिवस मनाइएको छ।राष्ट्रपति रामचन्द्र पौडेल र प्रथम महिला सबिता पौडेल सहित सरकारी उच्च पदस्थ व्यक्तिको उपस्थितिमा समारोह सम्पन्न भएको हो। सैनिक मञ्चमा आयोजित यस कार्यक्रमको मुख्य आकर्षण झाँकी, मार्च पास, नृत्य र साङ्गीतिक प्रस्तुति रहेको थियो।समारोहमा सेनाले राष्ट्रपति पौडेलको सम्मानमा सलामी अर्पण गरेको थियो। त्यस्तै, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, मन्त्री, नेपालस्थित विदेशी कूटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधि, उच्चपदस्थ सरकारी कर्मचारी र समाजका विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तिहरूले सहभागिता जनाएका थिए।समारोहले प्रजातन्त्रको मूल्य र राष्ट्रिय एकता दर्शाउँदै उपस्थित सबैलाई उत्साहित गरेको बताइएको छ।
