Breaking
धनुषाको औरहीमा मोटरसाइकल दुर्घटना, दुई जना घाइते कञ्चनपुरबाट प्रतिबन्धित लागूऔषधसहित एक जना पक्राउ कोहलपुरको थापा पोलिक्लिनिकमा बिरामीको गोप्य अंग छोएको आरोप, पाँच सदस्यीय छानबिन समिति गठन सर्लाहीमा सशस्त्र प्रहरीले बरामद गर्‍यो प्रतिबन्धित लागुऔषध गाँजा ‎धोबिनीमा ६२ वर्षीया महिलाको हत्या गरी डकैती गरेको आरोपमा तीन युवक पक्राउ पहिरोले कर्णालीका मुख्य राजमार्ग र सडक अवरुद्ध, यात्रामा सावधानी अपनाउन आग्रह सर्लाहीको मलंगवामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु, साइकलयात्री घाइते धनकुटाको सेल्फीडाँडामा माइक्रो र ट्यांकर ठोक्किँदा दुई जना घाइते
Uncategorized

निर्वाचन सुरक्षाका लागि कुकुरसहित काठमाडौंमा संयुक्त गस्ती तीव्र

By Mithila Times ९ महिना अगाडि ९ महिना अगाडि 32 views
MITHILA TIMESmithila-times.com

काठमाडौं — आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र सुरक्षित रूपमा सम्पन्न गराउने उद्देश्यले जिल्ला प्रहरी परिसर काठमाडौंले कुकुरसहितको संयुक्त गस्ती अभियान सुरु गरेको छ। जिल्ला सुरक्षा समितिको निर्णयअनुसार राति र बिहानको समयलाई लक्षित गर्दै सुरक्षा सतर्कता बढाइएको हो।प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापाका अनुसार लागुऔषध तथा विस्फोटक पदार्थको सम्भावित जोखिम न्यूनीकरण गर्न कुकुरसहितको चेकजाँचलाई प्राथमिकता दिइएको छ। आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले संवेदनशील क्षेत्रहरूमा निगरानी कडा पारिएको बताए।उनका अनुसार विभिन्न स्थानमा ‘सरप्राइज’ चेकजाँच सञ्चालन भइरहेको छ भने शङ्कास्पद गतिविधिमा संलग्न देखिएका व्यक्तिलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धानपछि मात्रै छाड्ने प्रक्रिया अपनाइएको छ।सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाउन नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीबीच समन्वय गरी संवेदनशील स्थानहरूमा संयुक्त गस्ती थालिएको छ। फरक–फरक रुट तय गरी एकीकृत रूपमा सुरक्षा परिचालन भइरहेको प्रहरीले जनाएको छ।प्रहरी प्रमुख थापाले निर्वाचन विरोधी गतिविधि गर्न सक्ने समूह र शक्तिबारे सूचना सङ्कलन गरी त्यसकै आधारमा सुरक्षाकर्मी परिचालन गरिएको स्पष्ट पारे। निर्वाचन अवधिभर शान्ति–सुरक्षा कायम राख्न सुरक्षा निकाय पूर्ण रूपमा सतर्क रहेको उनको भनाइ

About The Author

Mithila Times

Leave a Comment