Breaking
वीरगञ्जमा साढे ४ लाख भारतीय रुपैयाँसहित भारतीय नागरिक पक्राउ भरतपुरमा ईभी कारमा अचानक भीषण आगलागी, आगो नियन्त्रणपछि गाडीभित्र एक पुरुषजस्तो देखिने व्यक्तिको जलेको शव फेला; कार पूर्ण रूपमा क्षतिग्रस्त, मृतकको पहिचान खुल्न बाँकी वीरगञ्जको प्रतिमा चोकमा विद्युत् पोलमा भीषण आगलागी, वरपरका घर तथा पसल जोखिममा; तत्काल दमकल पठाउन स्थानीयको आग्रह ‎राजीनामा दिएसँगै उद्योग मन्त्रालयबाट बाहिरिइन् गौरी कुमारी यादव भोटेकोशी बाढीमा ज्यान गुमाउनेप्रति वीरगञ्ज कपडा बैंकद्वारा दीप प्रज्वलनसहित श्रद्धाञ्जली लागूऔषध गाँजा बरामद भएको मारुती भ्यानको स्टिकर उक्काउने व्यक्ति पक्राउ, सात दिनको म्याद थप पथलैयाबाट वीरगञ्जतर्फ आउँदै गरेको कुखुरा बोकेको पिकअप डिभाइडरमा ठोक्किएर दुर्घटनाग्रस्त सर्लाहीमा स्रोत नखुलेको रु. ७ लाख ५७ हजारसहित एक जना पक्राउ
Uncategorized

निर्वाचन सुरक्षाका लागि कुकुरसहित काठमाडौंमा संयुक्त गस्ती तीव्र

By Mithila Times ८ महिना अगाडि ८ महिना अगाडि 12 views
MITHILA TIMESmithila-times.com

काठमाडौं — आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र सुरक्षित रूपमा सम्पन्न गराउने उद्देश्यले जिल्ला प्रहरी परिसर काठमाडौंले कुकुरसहितको संयुक्त गस्ती अभियान सुरु गरेको छ। जिल्ला सुरक्षा समितिको निर्णयअनुसार राति र बिहानको समयलाई लक्षित गर्दै सुरक्षा सतर्कता बढाइएको हो।प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापाका अनुसार लागुऔषध तथा विस्फोटक पदार्थको सम्भावित जोखिम न्यूनीकरण गर्न कुकुरसहितको चेकजाँचलाई प्राथमिकता दिइएको छ। आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले संवेदनशील क्षेत्रहरूमा निगरानी कडा पारिएको बताए।उनका अनुसार विभिन्न स्थानमा ‘सरप्राइज’ चेकजाँच सञ्चालन भइरहेको छ भने शङ्कास्पद गतिविधिमा संलग्न देखिएका व्यक्तिलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धानपछि मात्रै छाड्ने प्रक्रिया अपनाइएको छ।सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाउन नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीबीच समन्वय गरी संवेदनशील स्थानहरूमा संयुक्त गस्ती थालिएको छ। फरक–फरक रुट तय गरी एकीकृत रूपमा सुरक्षा परिचालन भइरहेको प्रहरीले जनाएको छ।प्रहरी प्रमुख थापाले निर्वाचन विरोधी गतिविधि गर्न सक्ने समूह र शक्तिबारे सूचना सङ्कलन गरी त्यसकै आधारमा सुरक्षाकर्मी परिचालन गरिएको स्पष्ट पारे। निर्वाचन अवधिभर शान्ति–सुरक्षा कायम राख्न सुरक्षा निकाय पूर्ण रूपमा सतर्क रहेको उनको भनाइ

About The Author

Mithila Times

Leave a Comment