Breaking
धनुषाको औरहीमा मोटरसाइकल दुर्घटना, दुई जना घाइते कञ्चनपुरबाट प्रतिबन्धित लागूऔषधसहित एक जना पक्राउ कोहलपुरको थापा पोलिक्लिनिकमा बिरामीको गोप्य अंग छोएको आरोप, पाँच सदस्यीय छानबिन समिति गठन सर्लाहीमा सशस्त्र प्रहरीले बरामद गर्‍यो प्रतिबन्धित लागुऔषध गाँजा ‎धोबिनीमा ६२ वर्षीया महिलाको हत्या गरी डकैती गरेको आरोपमा तीन युवक पक्राउ पहिरोले कर्णालीका मुख्य राजमार्ग र सडक अवरुद्ध, यात्रामा सावधानी अपनाउन आग्रह सर्लाहीको मलंगवामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु, साइकलयात्री घाइते धनकुटाको सेल्फीडाँडामा माइक्रो र ट्यांकर ठोक्किँदा दुई जना घाइते
Uncategorized

रौतहटको गौर पिपरा सडकखण्डमा सवारी दुर्घटना: एक जनाको मृत्यु, एक जना गम्भीर घाइते

By Mithila Times ९ महिना अगाडि ९ महिना अगाडि 33 views
MITHILA TIMESmithila-times.com

रौतहट:- रौतहट जिल्लाको गौर–पिपरा सडकखण्ड अन्तर्गत दुर्गाभगवती गाउँपालिका क्षेत्रको कछुआवा पुल नजिक सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ,भने एक जना गम्भीर घाइते भएका छन्।

आज भएको उक्त दुर्घटनामा सवारी साधन अनियन्त्रित भई दुर्घटनाग्रस्त भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ। दुर्घटनामा परेर एक जनाको घटनास्थलमै मृत्यु भएको र अर्का एक जना गम्भीर घाइते भएको स्थानीय स्रोतले जनाएको छ।

घाइतेलाई तत्काल उद्धार गरी उपचारका लागि नजिकको स्वास्थ्य संस्थामा पठाइएको छ।दुर्घटनाको कारणबारे यकिन विवरण आउन बाँकी रहेको छ।

घटनाको जानकारी पाएलगत्तै प्रहरी टोली घटनास्थलमा पुगेर आवश्यक अनुसन्धान तथा मुचुल्का प्रक्रिया अघि बढाएको छ।

मृतक तथा घाइतेको पहिचान खुल्न बाँकी रहेको र थप विवरण अनुसन्धानपछि सार्वजनिक गरिने प्रहरीले स्रोतले जनाएको छ।

स्थानीयवासीले उक्त सडकखण्डमा बारम्बार दुर्घटना हुने गरेको भन्दै सडक सुरक्षा र सावधानीका उपाय अवलम्बन गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्।

About The Author

Mithila Times

Leave a Comment