रौतहट:- रौतहट जिल्लाको गौर–पिपरा सडकखण्ड अन्तर्गत दुर्गाभगवती गाउँपालिका क्षेत्रको कछुआवा पुल नजिक सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ,भने एक जना गम्भीर घाइते भएका छन्।
आज भएको उक्त दुर्घटनामा सवारी साधन अनियन्त्रित भई दुर्घटनाग्रस्त भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ। दुर्घटनामा परेर एक जनाको घटनास्थलमै मृत्यु भएको र अर्का एक जना गम्भीर घाइते भएको स्थानीय स्रोतले जनाएको छ।
घाइतेलाई तत्काल उद्धार गरी उपचारका लागि नजिकको स्वास्थ्य संस्थामा पठाइएको छ।दुर्घटनाको कारणबारे यकिन विवरण आउन बाँकी रहेको छ।
घटनाको जानकारी पाएलगत्तै प्रहरी टोली घटनास्थलमा पुगेर आवश्यक अनुसन्धान तथा मुचुल्का प्रक्रिया अघि बढाएको छ।
मृतक तथा घाइतेको पहिचान खुल्न बाँकी रहेको र थप विवरण अनुसन्धानपछि सार्वजनिक गरिने प्रहरीले स्रोतले जनाएको छ।
स्थानीयवासीले उक्त सडकखण्डमा बारम्बार दुर्घटना हुने गरेको भन्दै सडक सुरक्षा र सावधानीका उपाय अवलम्बन गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्।
