गम्भीर सूचना चुहावटको आरोपमा सशस्त्र प्रहरीका एआईजी बंशीरााज दाहाल निलम्बित

काठमाडौं । गम्भीर तथा संवेदनशील सुरक्षा सूचना चुहाएको आरोपमा सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक (एआईजी) बंशीरााज दाहाल निलम्बित भएका छन्। घटनाबारे छानबिन गर्न सरकारले जाँचबुझ आयोगसमेत गठन गरेको छ।सरकारले संवेदनशील सूचना कसरी चुहावट भयो, त्यसमा कसको संलग्नता वा जिम्मेवारी थियो र घटनाको वास्तविकता के हो भन्ने विषयमा छानबिन गर्न आयोग गठन गरेको जनाएको छ।निलम्बनसँगै एआईजी दाहालमाथि लागेको आरोपबारे औपचारिक छानबिन प्रक्रिया अघि बढेको छ। आयोगले घटनासँग सम्बन्धित तथ्य, प्रमाण तथा जिम्मेवारीका विषयमा अध्ययन गरी प्रतिवेदन बुझाउनेछ।आयोगको प्रतिवेदनका आधारमा घटनामा संलग्न वा जिम्मेवार देखिएका व्यक्तिमाथि आवश्यक निर्णय तथा कारबाही अघि बढाइने बताइएको छ। सरकारले संवेदनशील सुरक्षा सूचनाको चुहावटलाई गम्भीर विषयका रूपमा लिँदै छानबिन तथ्य र प्रमाणका आधारमा अघि बढाउने जनाएको छ।आयोगको प्रतिवेदनपछि मात्र सूचना चुहावटको वास्तविकता र जिम्मेवारीबारे अन्तिम निष्कर्ष आउनेछ।

