Breaking
धनुषाको औरहीमा मोटरसाइकल दुर्घटना, दुई जना घाइते कञ्चनपुरबाट प्रतिबन्धित लागूऔषधसहित एक जना पक्राउ कोहलपुरको थापा पोलिक्लिनिकमा बिरामीको गोप्य अंग छोएको आरोप, पाँच सदस्यीय छानबिन समिति गठन सर्लाहीमा सशस्त्र प्रहरीले बरामद गर्‍यो प्रतिबन्धित लागुऔषध गाँजा ‎धोबिनीमा ६२ वर्षीया महिलाको हत्या गरी डकैती गरेको आरोपमा तीन युवक पक्राउ पहिरोले कर्णालीका मुख्य राजमार्ग र सडक अवरुद्ध, यात्रामा सावधानी अपनाउन आग्रह सर्लाहीको मलंगवामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु, साइकलयात्री घाइते धनकुटाको सेल्फीडाँडामा माइक्रो र ट्यांकर ठोक्किँदा दुई जना घाइते
Uncategorized

गम्भीर सूचना चुहावटको आरोपमा सशस्त्र प्रहरीका एआईजी बंशीरााज दाहाल निलम्बित

By Mithila Times ३ हप्ता अगाडि ३ हप्ता अगाडि 54 views
MITHILA TIMESmithila-times.com

‎काठमाडौं । गम्भीर तथा संवेदनशील सुरक्षा सूचना चुहाएको आरोपमा सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक (एआईजी) बंशीरााज दाहाल निलम्बित भएका छन्। घटनाबारे छानबिन गर्न सरकारले जाँचबुझ आयोगसमेत गठन गरेको छ।‎‎सरकारले संवेदनशील सूचना कसरी चुहावट भयो, त्यसमा कसको संलग्नता वा जिम्मेवारी थियो र घटनाको वास्तविकता के हो भन्ने विषयमा छानबिन गर्न आयोग गठन गरेको जनाएको छ।‎‎निलम्बनसँगै एआईजी दाहालमाथि लागेको आरोपबारे औपचारिक छानबिन प्रक्रिया अघि बढेको छ। आयोगले घटनासँग सम्बन्धित तथ्य, प्रमाण तथा जिम्मेवारीका विषयमा अध्ययन गरी प्रतिवेदन बुझाउनेछ।‎‎आयोगको प्रतिवेदनका आधारमा घटनामा संलग्न वा जिम्मेवार देखिएका व्यक्तिमाथि आवश्यक निर्णय तथा कारबाही अघि बढाइने बताइएको छ। सरकारले संवेदनशील सुरक्षा सूचनाको चुहावटलाई गम्भीर विषयका रूपमा लिँदै छानबिन तथ्य र प्रमाणका आधारमा अघि बढाउने जनाएको छ।‎‎आयोगको प्रतिवेदनपछि मात्र सूचना चुहावटको वास्तविकता र जिम्मेवारीबारे अन्तिम निष्कर्ष आउनेछ।

About The Author

Mithila Times

Leave a Comment