Uncategorized
Gen Z आन्दोलनको आडमा आगजनी गरेको आरोपमा रञ्जन सिंह राजपुत पुर्पक्षका लागि कारागार चलान

MITHILA TIMESmithila-times.com
वीरगञ्ज । Gen Z आन्दोलनको आडमा नेता तथा सरकारी कार्यालयमा आगजनी गरेको आरोपमा पक्राउ परेका रञ्जन सिंह राजपुतलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ।आन्दोलनका क्रममा आगजनी तथा तोडफोडमा संलग्न रहेको आरोपमा प्रहरीले राजपुतलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको थियो। अनुसन्धानपछि उनलाई अदालतमा उपस्थित गराइएकोमा अदालतले पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएको हो।अदालतको आदेशपछि राजपुतलाई सम्बन्धित कारागार पठाइएको छ। घटनासम्बन्धी थप अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढ्ने जनाइएको छ।

