Breaking
धनुषाको औरहीमा मोटरसाइकल दुर्घटना, दुई जना घाइते कञ्चनपुरबाट प्रतिबन्धित लागूऔषधसहित एक जना पक्राउ कोहलपुरको थापा पोलिक्लिनिकमा बिरामीको गोप्य अंग छोएको आरोप, पाँच सदस्यीय छानबिन समिति गठन सर्लाहीमा सशस्त्र प्रहरीले बरामद गर्‍यो प्रतिबन्धित लागुऔषध गाँजा ‎धोबिनीमा ६२ वर्षीया महिलाको हत्या गरी डकैती गरेको आरोपमा तीन युवक पक्राउ पहिरोले कर्णालीका मुख्य राजमार्ग र सडक अवरुद्ध, यात्रामा सावधानी अपनाउन आग्रह सर्लाहीको मलंगवामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु, साइकलयात्री घाइते धनकुटाको सेल्फीडाँडामा माइक्रो र ट्यांकर ठोक्किँदा दुई जना घाइते
Uncategorized

‎रसुवा बाढीपीडितका लागि कलैया उपमहानगरको ठूलो सहयोग: प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ७७ लाख ७७ हजार ७ सय ७७ रुपैयाँ जम्मा गर्ने निर्णय

By Mithila Times २ महिना अगाडि २ महिना अगाडि 57 views
MITHILA TIMESmithila-times.com

बारा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको उद्धार, राहत तथा पुनःस्थापनाका लागि बाराको कलैया उपमहानगरपालिकाले ७७ लाख ७७ हजार ७ सय ७७ रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ।‎‎भदौ १० गते रसुवास्थित भोटेकोशी नदीमा लेदोसहित आएको भीषण बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखालगायतका जिल्लामा ठूलो जनधनको क्षति भएपछि कलैया उपमहानगरपालिकाको नगर कार्यपालिका बैठकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम जम्मा गर्ने निर्णय गरेको हो।‎‎नगर प्रमुख बिनोद प्रसाद साहद्वारा जारी विज्ञप्तिअनुसार उक्त सहयोग रकम उपमहानगरपालिकाका जनप्रतिनिधि, कर्मचारी, शिक्षक तथा नगर विपद् कोषको संयुक्त योगदानबाट जुटाइएको हो।‎‎रकम सङ्कलनका क्रममा उपमहानगरपालिकाअन्तर्गतका प्रशासनिक कर्मचारी, स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मी तथा विद्यालयका शिक्षक–कर्मचारीहरूको तहअनुसार १ देखि १० दिनसम्मको सेवा सुविधाबाट ५३ लाख ६२ हजार १ सय ५ रुपैयाँ सङ्कलन गरिएको जनाइएको छ।‎‎त्यसैगरी, नगरका जनप्रतिनिधिहरूबाट १५ दिन बराबरको सेवा सुविधाबापत ८ लाख ४ हजार ५ सय रुपैयाँ र नगर विपद् कोषबाट थप १६ लाख ११ हजार १ सय ७१ रुपैयाँ उपलब्ध गराइएको छ। यसरी कुल सहयोग रकम ७७ लाख ७७ हजार ७ सय ७७ रुपैयाँ पुगेको हो।‎‎विपद्को कठिन परिस्थितिमा बाढीपहिरो प्रभावित नागरिकप्रति ऐक्यबद्धता जनाउँदै कलैया उपमहानगरपालिकाले राहत, उद्धार तथा पुनःस्थापनाका कार्यमा निरन्तर सहकार्य र सहयोग गर्न सम्बन्धित सबै पक्षलाई अपिलसमेत गरेको छ।

About The Author

Mithila Times

Leave a Comment