Breaking
वडाध्यक्षमाथि लुटपाट प्रयासको आरोपमा किशोर पक्राउ, प्रहरी सहायक निरीक्षक रामाशंकर यादवको नेतृत्वमा तत्काल प्रहरी परिचालन विराटनगरमा सिटी सफारीको ठक्करबाट एक पुरुषको मृत्यु, दुर्घटनापछि फरार चालक पक्राउ विपद्को संवेदनशील समयमा सुरक्षा निकायविरुद्ध घृणा फैलाउने सामग्री प्रकाशन गरेको आरोपमा युवक पक्राउ सप्तरीमा सशस्त्र प्रहरीको ठूलो सफलता: ३१ किलो ६३० ग्राम लागुऔषध गाँजा बरामद वीरगञ्जमा साढे ४ लाख भारतीय रुपैयाँसहित भारतीय नागरिक पक्राउ भरतपुरमा ईभी कारमा अचानक भीषण आगलागी, आगो नियन्त्रणपछि गाडीभित्र एक पुरुषजस्तो देखिने व्यक्तिको जलेको शव फेला; कार पूर्ण रूपमा क्षतिग्रस्त, मृतकको पहिचान खुल्न बाँकी वीरगञ्जको प्रतिमा चोकमा विद्युत् पोलमा भीषण आगलागी, वरपरका घर तथा पसल जोखिममा; तत्काल दमकल पठाउन स्थानीयको आग्रह ‎राजीनामा दिएसँगै उद्योग मन्त्रालयबाट बाहिरिइन् गौरी कुमारी यादव
Uncategorized

‎रसुवा बाढीपीडितका लागि कलैया उपमहानगरको ठूलो सहयोग: प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ७७ लाख ७७ हजार ७ सय ७७ रुपैयाँ जम्मा गर्ने निर्णय

By Mithila Times ३ दिन अगाडि ३ दिन अगाडि 37 views
MITHILA TIMESmithila-times.com

बारा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको उद्धार, राहत तथा पुनःस्थापनाका लागि बाराको कलैया उपमहानगरपालिकाले ७७ लाख ७७ हजार ७ सय ७७ रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ।‎‎भदौ १० गते रसुवास्थित भोटेकोशी नदीमा लेदोसहित आएको भीषण बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखालगायतका जिल्लामा ठूलो जनधनको क्षति भएपछि कलैया उपमहानगरपालिकाको नगर कार्यपालिका बैठकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम जम्मा गर्ने निर्णय गरेको हो।‎‎नगर प्रमुख बिनोद प्रसाद साहद्वारा जारी विज्ञप्तिअनुसार उक्त सहयोग रकम उपमहानगरपालिकाका जनप्रतिनिधि, कर्मचारी, शिक्षक तथा नगर विपद् कोषको संयुक्त योगदानबाट जुटाइएको हो।‎‎रकम सङ्कलनका क्रममा उपमहानगरपालिकाअन्तर्गतका प्रशासनिक कर्मचारी, स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मी तथा विद्यालयका शिक्षक–कर्मचारीहरूको तहअनुसार १ देखि १० दिनसम्मको सेवा सुविधाबाट ५३ लाख ६२ हजार १ सय ५ रुपैयाँ सङ्कलन गरिएको जनाइएको छ।‎‎त्यसैगरी, नगरका जनप्रतिनिधिहरूबाट १५ दिन बराबरको सेवा सुविधाबापत ८ लाख ४ हजार ५ सय रुपैयाँ र नगर विपद् कोषबाट थप १६ लाख ११ हजार १ सय ७१ रुपैयाँ उपलब्ध गराइएको छ। यसरी कुल सहयोग रकम ७७ लाख ७७ हजार ७ सय ७७ रुपैयाँ पुगेको हो।‎‎विपद्को कठिन परिस्थितिमा बाढीपहिरो प्रभावित नागरिकप्रति ऐक्यबद्धता जनाउँदै कलैया उपमहानगरपालिकाले राहत, उद्धार तथा पुनःस्थापनाका कार्यमा निरन्तर सहकार्य र सहयोग गर्न सम्बन्धित सबै पक्षलाई अपिलसमेत गरेको छ।

About The Author

Mithila Times

Leave a Comment