Breaking
धनुषाको औरहीमा मोटरसाइकल दुर्घटना, दुई जना घाइते कञ्चनपुरबाट प्रतिबन्धित लागूऔषधसहित एक जना पक्राउ कोहलपुरको थापा पोलिक्लिनिकमा बिरामीको गोप्य अंग छोएको आरोप, पाँच सदस्यीय छानबिन समिति गठन सर्लाहीमा सशस्त्र प्रहरीले बरामद गर्‍यो प्रतिबन्धित लागुऔषध गाँजा ‎धोबिनीमा ६२ वर्षीया महिलाको हत्या गरी डकैती गरेको आरोपमा तीन युवक पक्राउ पहिरोले कर्णालीका मुख्य राजमार्ग र सडक अवरुद्ध, यात्रामा सावधानी अपनाउन आग्रह सर्लाहीको मलंगवामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु, साइकलयात्री घाइते धनकुटाको सेल्फीडाँडामा माइक्रो र ट्यांकर ठोक्किँदा दुई जना घाइते
Uncategorized

जेन–जी सहिद दिवसमा देशभर स्मृति कार्यक्रम

By Mithila Times २ महिना अगाडि २ महिना अगाडि 56 views

काठमाडौं — जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाएका सहिदहरूको सम्झनामा आज देशभर ‘जेन–जी सहिद दिवस’ मनाइँदै छ। दिवसका अवसरमा विभिन्न स्थानमा श्रद्धाञ्जली तथा स्मृति कार्यक्रम आयोजना भइरहेका छन्।काठमाडौंको नयाँ बानेश्वरस्थित पुरानो संसद् भवनको प्रांगणमा जेन–जी सहिद कल्याणकारी समाजले विशेष स्मृति कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा गृहमन्त्री सुधन गुरुङ प्रमुख अतिथिका रूपमा सहभागी भएका छन्।स्मृति कार्यक्रममा सरकारका विभिन्न मन्त्री, सांसद, जेन–जी आन्दोलनसँग सम्बन्धित प्रतिनिधि, सहिद परिवार तथा सर्वसाधारणको उपस्थिति रहेको छ। सहभागीहरूले आन्दोलनका क्रममा ज्यान गुमाएका सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनीहरूको योगदानको स्मरण गरेका छन्।सरकारले जेन–जी आन्दोलन भएको दिन २३ भदौलाई ‘जेन–जी सहिद दिवस’ का रूपमा घोषणा गरेको छ। दिवसका अवसरमा सरकारले आज देशभर सार्वजनिक बिदासमेत दिएको छ।जेन–जी आन्दोलनका क्रममा भएका घटनामा ज्यान गुमाएकाहरूको स्मृतिलाई संस्थागत रूपमा संरक्षण गर्ने तथा सहिद परिवारको योगदानलाई सम्मान गर्ने उद्देश्यले विभिन्न कार्यक्रम आयोजना गरिएको आयोजकहरूले बताएका छन्।दिवसका अवसरमा काठमाडौंलगायत देशका विभिन्न जिल्लामा श्रद्धाञ्जली सभा, स्मृति कार्यक्रम तथा अन्य कार्यक्रम आयोजना भइरहेका छन्।

About The Author

Mithila Times

Leave a Comment