Breaking
वडाध्यक्षमाथि लुटपाट प्रयासको आरोपमा किशोर पक्राउ, प्रहरी सहायक निरीक्षक रामाशंकर यादवको नेतृत्वमा तत्काल प्रहरी परिचालन विराटनगरमा सिटी सफारीको ठक्करबाट एक पुरुषको मृत्यु, दुर्घटनापछि फरार चालक पक्राउ विपद्को संवेदनशील समयमा सुरक्षा निकायविरुद्ध घृणा फैलाउने सामग्री प्रकाशन गरेको आरोपमा युवक पक्राउ सप्तरीमा सशस्त्र प्रहरीको ठूलो सफलता: ३१ किलो ६३० ग्राम लागुऔषध गाँजा बरामद वीरगञ्जमा साढे ४ लाख भारतीय रुपैयाँसहित भारतीय नागरिक पक्राउ भरतपुरमा ईभी कारमा अचानक भीषण आगलागी, आगो नियन्त्रणपछि गाडीभित्र एक पुरुषजस्तो देखिने व्यक्तिको जलेको शव फेला; कार पूर्ण रूपमा क्षतिग्रस्त, मृतकको पहिचान खुल्न बाँकी वीरगञ्जको प्रतिमा चोकमा विद्युत् पोलमा भीषण आगलागी, वरपरका घर तथा पसल जोखिममा; तत्काल दमकल पठाउन स्थानीयको आग्रह ‎राजीनामा दिएसँगै उद्योग मन्त्रालयबाट बाहिरिइन् गौरी कुमारी यादव
Uncategorized

जेन–जी सहिद दिवसमा देशभर स्मृति कार्यक्रम

By Mithila Times ५ दिन अगाडि ५ दिन अगाडि 34 views

काठमाडौं — जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाएका सहिदहरूको सम्झनामा आज देशभर ‘जेन–जी सहिद दिवस’ मनाइँदै छ। दिवसका अवसरमा विभिन्न स्थानमा श्रद्धाञ्जली तथा स्मृति कार्यक्रम आयोजना भइरहेका छन्।काठमाडौंको नयाँ बानेश्वरस्थित पुरानो संसद् भवनको प्रांगणमा जेन–जी सहिद कल्याणकारी समाजले विशेष स्मृति कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा गृहमन्त्री सुधन गुरुङ प्रमुख अतिथिका रूपमा सहभागी भएका छन्।स्मृति कार्यक्रममा सरकारका विभिन्न मन्त्री, सांसद, जेन–जी आन्दोलनसँग सम्बन्धित प्रतिनिधि, सहिद परिवार तथा सर्वसाधारणको उपस्थिति रहेको छ। सहभागीहरूले आन्दोलनका क्रममा ज्यान गुमाएका सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनीहरूको योगदानको स्मरण गरेका छन्।सरकारले जेन–जी आन्दोलन भएको दिन २३ भदौलाई ‘जेन–जी सहिद दिवस’ का रूपमा घोषणा गरेको छ। दिवसका अवसरमा सरकारले आज देशभर सार्वजनिक बिदासमेत दिएको छ।जेन–जी आन्दोलनका क्रममा भएका घटनामा ज्यान गुमाएकाहरूको स्मृतिलाई संस्थागत रूपमा संरक्षण गर्ने तथा सहिद परिवारको योगदानलाई सम्मान गर्ने उद्देश्यले विभिन्न कार्यक्रम आयोजना गरिएको आयोजकहरूले बताएका छन्।दिवसका अवसरमा काठमाडौंलगायत देशका विभिन्न जिल्लामा श्रद्धाञ्जली सभा, स्मृति कार्यक्रम तथा अन्य कार्यक्रम आयोजना भइरहेका छन्।

About The Author

Mithila Times

Leave a Comment