Breaking
धनुषाको औरहीमा मोटरसाइकल दुर्घटना, दुई जना घाइते कञ्चनपुरबाट प्रतिबन्धित लागूऔषधसहित एक जना पक्राउ कोहलपुरको थापा पोलिक्लिनिकमा बिरामीको गोप्य अंग छोएको आरोप, पाँच सदस्यीय छानबिन समिति गठन सर्लाहीमा सशस्त्र प्रहरीले बरामद गर्‍यो प्रतिबन्धित लागुऔषध गाँजा ‎धोबिनीमा ६२ वर्षीया महिलाको हत्या गरी डकैती गरेको आरोपमा तीन युवक पक्राउ पहिरोले कर्णालीका मुख्य राजमार्ग र सडक अवरुद्ध, यात्रामा सावधानी अपनाउन आग्रह सर्लाहीको मलंगवामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु, साइकलयात्री घाइते धनकुटाको सेल्फीडाँडामा माइक्रो र ट्यांकर ठोक्किँदा दुई जना घाइते
Uncategorized

‎निर्वाचन आयोगद्वारा अन्तिम मतदाता नामावली प्रकाशित, मतदाताको संख्या १ करोड ९० लाख नाघ्यो

By Mithila Times १ हप्ता अगाडि १ हप्ता अगाडि 71 views

‎काठमाडौं । निर्वाचन आयोगले २०८३ असोज ३० गते अन्तिम मतदाता नामावली सार्वजनिक गरेको छ। आयोगका अनुसार देशभर कुल १ करोड ९० लाख ९१ हजार ३७५ मतदाता कायम भएका छन्। आगामी निर्वाचनको तयारीका क्रममा आयोगले मतदाताको अन्तिम विवरण सार्वजनिक गरेको हो।‎‎आयोगद्वारा सार्वजनिक अन्तिम मतदाता नामावलीअनुसार पुरुष मतदाताको संख्या ९७ लाख ६९ हजार ८२५ रहेको छ भने महिला मतदाताको संख्या ९३ लाख २१ हजार ३३६ रहेको छ। त्यस्तै, अन्य समूहका २१४ जना मतदाता कायम भएका छन्।‎‎आयोगका अनुसार अघिल्लो प्रतिनिधिसभा निर्वाचनको तुलनामा यसपटक मतदाताको संख्या १ लाख ८७ हजार ६८६ ले वृद्धि भएको छ। यसले देशभर मतदाता संख्यामा वृद्धि भएको देखाएको छ।‎‎प्रारम्भिक मतदाता नामावलीमाथि प्राप्त दाबीविरोध तथा जाँचबुझ प्रक्रिया पूरा गर्ने क्रममा विभिन्न कारणले २ लाख ३ हजार ५८६ जनाको नाम हटाइएको आयोगले जनाएको छ। मृत्यु भएका व्यक्ति, दोहोरो नाम समावेश भएका मतदाता तथा नागरिकता त्यागेका वा रद्द भएका व्यक्तिहरूको नाम हटाइएको आयोगले स्पष्ट पारेको छ।‎‎निर्वाचनलाई व्यवस्थित, निष्पक्ष र विश्वसनीय बनाउन मतदाता नामावली अद्यावधिक गर्ने प्रक्रिया महत्त्वपूर्ण मानिन्छ। अन्तिम नामावली प्रकाशनसँगै अब मतदाताले आफ्नो नाम तथा विवरण सम्बन्धित निकायबाट रुजु गर्न सक्नेछन्।‎‎निर्वाचन आयोगले प्रदेश, जिल्ला, निर्वाचन क्षेत्र तथा स्थानीय तहगत मतदाताको विवरणसमेत सार्वजनिक गरेको छ। उक्त विवरण आयोगको आधिकारिक वेबसाइट www.election.gov.np मार्फत हेर्न सकिने जनाइएको छ।‎‎अन्तिम मतदाता नामावली सार्वजनिक भएसँगै आगामी निर्वाचनका लागि आवश्यक तयारी अघि बढाउन आयोगलाई थप आधार प्राप्त भएको छ।‎

About The Author

Mithila Times

Leave a Comment