बारा जिल्लाका चार पालिकामा बडादशैंको शुभकामना आदानप्रदान, स्थानीयसँग आत्मीय भेटघाट

बारा । बडादशैंको पावन अवसरमा बारा जिल्लाका परवानीपुर, प्रसौनी, विश्रामपुर र फेटा गाउँपालिकाका विभिन्न गाउँबस्तीमा पुगेर स्थानीय बासिन्दा, शुभेच्छुक तथा पार्टीका नेता–कार्यकर्तासँग आत्मीय भेटघाट तथा शुभकामना आदानप्रदान गरिएको छ।दशैंको अवसरमा आयोजित भेटघाटका क्रममा स्थानीय बासिन्दासँग आपसी सद्भाव, भाइचारा र आत्मीयता साटासाट गर्दै चाडपर्वको शुभकामना व्यक्त गरिएको थियो। साथै, स्थानीयका सुखदुःख, अपेक्षा, समस्या तथा सुझावहरू सुन्ने अवसरसमेत प्राप्त भएको जनाइएको छ।स्थानीयसँगको भेटघाटले जनताका भावना, आवश्यकता र अपेक्षालाई नजिकबाट बुझ्ने अवसर प्रदान गरेको छ। जनतासँगको निरन्तर संवाद, सहकार्य र आत्मीय सम्बन्धले सामाजिक एकता तथा आपसी विश्वासलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरिएको छ।भेटघाटका क्रममा प्राप्त न्यानो माया, सद्भाव, आत्मीयता र साथप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि स्थानीयसँगको सम्बन्धलाई निरन्तरता दिने प्रतिबद्धता जनाइएको छ।बडादशैंले सबैमा सुख, शान्ति, समृद्धि, सु–स्वास्थ्य र आपसी सद्भाव कायम गरोस् भन्ने कामनासमेत गरिएको छ।

