Breaking
धनुषाको औरहीमा मोटरसाइकल दुर्घटना, दुई जना घाइते कञ्चनपुरबाट प्रतिबन्धित लागूऔषधसहित एक जना पक्राउ कोहलपुरको थापा पोलिक्लिनिकमा बिरामीको गोप्य अंग छोएको आरोप, पाँच सदस्यीय छानबिन समिति गठन सर्लाहीमा सशस्त्र प्रहरीले बरामद गर्‍यो प्रतिबन्धित लागुऔषध गाँजा ‎धोबिनीमा ६२ वर्षीया महिलाको हत्या गरी डकैती गरेको आरोपमा तीन युवक पक्राउ पहिरोले कर्णालीका मुख्य राजमार्ग र सडक अवरुद्ध, यात्रामा सावधानी अपनाउन आग्रह सर्लाहीको मलंगवामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु, साइकलयात्री घाइते धनकुटाको सेल्फीडाँडामा माइक्रो र ट्यांकर ठोक्किँदा दुई जना घाइते
Uncategorized

‎इनरुवामा ९१५ किलोभन्दा बढी गाँजाजस्तो पदार्थ बरामद, चार जना यादव पक्राउ

By Mithila Times २ हप्ता अगाडि २ हप्ता अगाडि 52 views

सुनसरी । सुनसरीको इनरुवा नगरपालिका–४ स्थित ज्ञानोदय टोलबाट प्रहरीले ९१५ किलो ६८० ग्राम गाँजाजस्तो पदार्थ बरामद गरेको छ। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ।‎‎जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले आइतबार राति करिब १ः३० बजे इनरुवा नगरपालिका–४ स्थित बुलबुल यादवको घरमा खानतलासी गर्दा उक्त परिमाणको गाँजाजस्तो पदार्थ फेला पारेको हो। हनुमान मन्दिर नजिक रहेको उक्त घरबाट प्रहरीले प्र.१–०२–००१ प ९१९९ नम्बरको मोटरसाइकलसमेत बरामद गरेको जनाएको छ।‎‎प्रहरीका अनुसार पक्राउ पर्नेमा इनरुवा नगरपालिका–४ का ३६ वर्षीय बुलबुल यादव, २३ वर्षीय सन्तोष यादव, ३० वर्षीय आशिष यादव र दुहबी नगरपालिका–१० का २२ वर्षीय कुन्दन यादव रहेका छन्।‎‎बरामद पदार्थ र मोटरसाइकल नियन्त्रणमा लिई पक्राउ परेका चारै जनामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।‎‎

About The Author

Mithila Times

Leave a Comment