Breaking
धनुषाको औरहीमा मोटरसाइकल दुर्घटना, दुई जना घाइते कञ्चनपुरबाट प्रतिबन्धित लागूऔषधसहित एक जना पक्राउ कोहलपुरको थापा पोलिक्लिनिकमा बिरामीको गोप्य अंग छोएको आरोप, पाँच सदस्यीय छानबिन समिति गठन सर्लाहीमा सशस्त्र प्रहरीले बरामद गर्‍यो प्रतिबन्धित लागुऔषध गाँजा ‎धोबिनीमा ६२ वर्षीया महिलाको हत्या गरी डकैती गरेको आरोपमा तीन युवक पक्राउ पहिरोले कर्णालीका मुख्य राजमार्ग र सडक अवरुद्ध, यात्रामा सावधानी अपनाउन आग्रह सर्लाहीको मलंगवामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु, साइकलयात्री घाइते धनकुटाको सेल्फीडाँडामा माइक्रो र ट्यांकर ठोक्किँदा दुई जना घाइते
Uncategorized

सल्यानमा सांसद पन्तले फरक शैलिमा गरे  ” हामी आउदैछौ ” अभियानको समापन

By Mithila Times २ हप्ता अगाडि २ हप्ता अगाडि 44 views

राष्ट्रिय स्वतन्त्र पार्टीले असोज २० गतेदेखि २७ गतेसम्म संचालन गरेको ” हामी आउदैछौ ” अभियानमा सल्यान पुगेका रास्वपा सांसद बुद्धि पन्त ( हरि) ले २७ गते उक्त अभियानको फरक शैलीमा समापन गरेका छन । ‎‎ रास्वपाको हामी आउदै छौ अभियान अन्तरगत सल्यानको कालिमाटी , त्रीबेणी , कपुरकोट , छत्रेश्वरी लगायतका पालिकाहरुमा पार्टीका स्थानीय नेता , कार्यकर्ता तथा शुभ चिन्तकहरुले सल्यानबाट राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट प्रतिनिधित्व गर्ने सांसद नहुदा जिल्लामा आइपर्ने सामान्य समस्याहरुको पनि समाधान नहुने गरेको र स्थानीय निकाय हरूमा भ्रष्टाचार र अनिमियता बढेको , अबैध क्रसर लगायतका कतिपय सन्दर्भमा प्रहरी , प्रशासनको भुमिका समेत संतोष जनक नभएको भनेर गुनासो गरेपछी सांसद पन्तले प्रमुख जिल्ला अधिकारीलाई त्यस्ता गुनासो देखिएको सम्बन्धित निकायहरुको जिल्लाका प्रमुखहरु संग बैठक राख्न आग्रह गरेका थिए । ‎‎ त्यसपछी जिल्ला प्रशासन कार्यलय सल्यानको बैठक कक्षमा प्रमुख जिल्ला अधिकारी बन्दना कुमारी केसिको अध्यक्षतामा बसेको बैठकमा देखिएका समस्या र उठेका प्रश्नहरुको बिषयमा सम्बन्धित कार्यलयका प्रमुखहरुले उत्तर दिदै जिल्ला तहबाट गर्न सकिने बिषयहरु तत्काल गरिने र गर्न नसकिने बिषयहरु संबंधित मन्त्रालयहरुमा सिफारिस गरिने प्रतिबद्धता समेत जनाएका थिए । ‎‎बैठकमा प्रमुख जिल्ला अधिकारी बन्दना कुमारी केसि , शारदा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत हरिश चन्द्र बुढा , सल्यानका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक दिपक पातली , विद्युत प्राधिकरण का प्रमुख नरेश दत्त रावल , भौतिक पुर्बाधार बिकासकाका निमित्त प्रमुख सिद्धार्थ मिश्र लगायतका जिल्ला प्रमुखहरुको उपस्तिथि थियो ।‎ ‎ अभियानको क्रममा सांसद पन्तले रास्वपाले स्थानीय चुनाव लक्षित गरि संचालन गरेको राष्ट्रब्यापी अभियान ” हामी आउदै छौ ” अन्तरगत संचालित कार्यक्रममा त्यहाँका स्थानीय नेता कार्यकर्ता र शुभेच्छुकहरुलाइ क्यान्डिडेट क्लबमा आवद्ध हुने चरण देखि उम्मेदवार छनोटको विभिन्न प्रक्रियाहरुको बिषयमा प्रशिक्षण दिदै त्यहाँका स्थानीयहरुको विभिन्न जिज्ञासाहरुको सम्बोधन समेत गरेका थिए । पन्तले स्थानीय चुनावमा पार्टीको विधि बिधान भन्दा बाहिर गएर कसैले टिकट नपाउने हुनाले सबैलाई ढुक्क भएर संगठन निर्माण र पार्टी र सरकारले गरेका राम्रा कामहरू लिएर जनतामाझ जान निर्देशन दिएका थिए । अभियानमा सल्यान जिल्ला सभापति प्रकाश नेपाली , नेताहरु राम बहादुर केसि , खड्ग बुडा , लाल बहादुर बिक लगायतको सहभागिता थियो ।

About The Author

Mithila Times

Leave a Comment