पर्साबाट १४ लाख २५ हजार रुपैयाँभन्दा बढीका अवैध सामान बरामद


धान खेतमा लुकाइराखिएको १३ लाख ४५ हजार रुपैयाँको औषधिसहित जुत्ता, चप्पल र प्लास्टिकका खेलौना नियन्त्रणमावीरगञ्ज । सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण हेडक्वार्टर पर्साले पर्सा जिल्लाका विभिन्न सीमा क्षेत्रबाट भन्सार छली गरी ल्याइएका तथा लुकाइछिपाइ राखिएका १४ लाख २५ हजार ५०० रुपैयाँ बराबरका अवैध सामान बरामद गरेको छ।सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण हेडक्वार्टर पर्साका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक (सप्रनाउ) सुरज क्षेत्रीका अनुसार २०८३ असोज २८ गते दुई छुट्टाछुट्टै स्थानमा गरिएको कारबाहीका क्रममा उक्त सामान बरामद गरिएको हो।पहिलो घटनामा वीरगञ्ज महानगरपालिका–२५, खल्वास्थित सीमा क्षेत्रमा सशस्त्र प्रहरी बल, नेपाल बीओपी ड्राइपोर्टबाट खटिएको टोलीले धान खेतमा लुकाइछिपाइ राखिएको अवस्थामा मानिसले प्रयोग गर्ने विभिन्न प्रकारका औषधि बरामद गरेको थियो। बरामद औषधिको मूल्य १३ लाख ४५ हजार ५०० रुपैयाँ रहेको सशस्त्र प्रहरीले जनाएको छ। बरामद औषधि आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको छ।त्यसैगरी, सोही दिन पर्साको छिपहरमाई गाउँपालिका–५, भिस्वास्थित सीमा क्षेत्रमा सशस्त्र प्रहरी बल, नेपाल बीओपी भिस्वाबाट खटिएको टोलीले भारतबाट भन्सार छली गरी नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा जुत्ता, चप्पल तथा प्लास्टिकका खेलौनाहरू बरामद गरेको थियो। उक्त सामानको मूल्य ८० हजार रुपैयाँ रहेको जनाइएको छ।बरामद गरिएका जुत्ता, चप्पल तथा प्लास्टिकका खेलौनालाई आवश्यक कारबाहीका लागि भन्सार कार्यालयमा बुझाउने प्रक्रिया भइरहेको सशस्त्र प्रहरीले जनाएको छ।सीमा क्षेत्रमा हुने अवैध ओसारपसार तथा भन्सार छली नियन्त्रण गर्ने उद्देश्यले सशस्त्र प्रहरीले निगरानी र कारबाहीलाई निरन्तरता दिँदै आएको छ।

