Breaking
धनुषाको औरहीमा मोटरसाइकल दुर्घटना, दुई जना घाइते कञ्चनपुरबाट प्रतिबन्धित लागूऔषधसहित एक जना पक्राउ कोहलपुरको थापा पोलिक्लिनिकमा बिरामीको गोप्य अंग छोएको आरोप, पाँच सदस्यीय छानबिन समिति गठन सर्लाहीमा सशस्त्र प्रहरीले बरामद गर्‍यो प्रतिबन्धित लागुऔषध गाँजा ‎धोबिनीमा ६२ वर्षीया महिलाको हत्या गरी डकैती गरेको आरोपमा तीन युवक पक्राउ पहिरोले कर्णालीका मुख्य राजमार्ग र सडक अवरुद्ध, यात्रामा सावधानी अपनाउन आग्रह सर्लाहीको मलंगवामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु, साइकलयात्री घाइते धनकुटाको सेल्फीडाँडामा माइक्रो र ट्यांकर ठोक्किँदा दुई जना घाइते
Uncategorized

जेन जि पर्साका संयोजक बिशेष साहको नेतृत्वमा वीरगञ्ज महानगरपालिकाको आर्थिक पारदर्शिताबारे सूचना माग

By Mithila Times २ हप्ता अगाडि २ हप्ता अगाडि 32 views

‎वीरगञ्ज। जेन जि पर्साका संयोजक बिशेष साहको नेतृत्वमा गएको टोलीले आज वीरगञ्ज महानगरपालिकासँग आर्थिक अवस्थासम्बन्धी विस्तृत सूचना माग गरेको छ।‎‎टोलीले महानगरपालिकाको हालसम्मको आर्थिक अवस्था, आय–व्यय विवरण, सञ्चित कोष तथा बैंक मौज्दात, आन्तरिक राजस्व, संघीय तथा प्रदेश सरकारबाट प्राप्त अनुदान, विकास तथा पुँजीगत खर्च, भुक्तानी दिन बाँकी दायित्व र लेखापरीक्षण प्रतिवेदनसम्बन्धी प्रमाणित विवरण उपलब्ध गराउन माग गरेको हो।‎‎सार्वजनिक बजेट र नागरिकको करबाट संकलित रकमको उपयोग पारदर्शी हुनुपर्नेमा जोड दिँदै टोलीले महानगरपालिकाको वास्तविक आर्थिक अवस्था नागरिकसमक्ष स्पष्ट हुनुपर्ने जनाएको छ।‎‎जेन जि पर्साले सुशासन, आर्थिक पारदर्शिता र सार्वजनिक जवाफदेहिताका लागि आफ्नो निगरानी तथा खबरदारी जारी राख्ने जनाएको छ।

About The Author

Mithila Times

Leave a Comment