Uncategorized
ललितपुरमा जबरजस्ती करणी मुद्दाका फरार कैदी पक्राउ, १२ वर्ष कैद सजाय भुक्तान गर्न बाँकी

ललितपुर । जबरजस्ती करणी मुद्दामा दोषी ठहर भई १२ वर्ष कैद सजाय भुक्तान गर्न बाँकी रहेका एक फरार कैदीलाई प्रहरीले पक्राउ गरेको छ।प्रहरीले लामो समयदेखि फरार रहेका कैदीलाई नियन्त्रणमा लिएको जनाएको छ। उनीमाथि जबरजस्ती करणी मुद्दामा अदालतबाट कैद सजाय तोकिएको थियो। तर, सजाय भुक्तान गर्न बाँकी रहेकै अवस्थामा उनी फरार रहेका थिए।प्रहरीले खोजतलासका क्रममा उनलाई पक्राउ गरी आवश्यक कानुनी प्रक्रिया अघि बढाएको जनाएको छ।फरार प्रतिवादी तथा कैदीहरूलाई पक्राउ गरी अदालतको फैसला कार्यान्वयन गर्ने उद्देश्यले प्रहरीले खोजी तथा निगरानीलाई निरन्तरता दिँदै आएको छ।

