Breaking
धनुषाको औरहीमा मोटरसाइकल दुर्घटना, दुई जना घाइते कञ्चनपुरबाट प्रतिबन्धित लागूऔषधसहित एक जना पक्राउ कोहलपुरको थापा पोलिक्लिनिकमा बिरामीको गोप्य अंग छोएको आरोप, पाँच सदस्यीय छानबिन समिति गठन सर्लाहीमा सशस्त्र प्रहरीले बरामद गर्‍यो प्रतिबन्धित लागुऔषध गाँजा ‎धोबिनीमा ६२ वर्षीया महिलाको हत्या गरी डकैती गरेको आरोपमा तीन युवक पक्राउ पहिरोले कर्णालीका मुख्य राजमार्ग र सडक अवरुद्ध, यात्रामा सावधानी अपनाउन आग्रह सर्लाहीको मलंगवामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु, साइकलयात्री घाइते धनकुटाको सेल्फीडाँडामा माइक्रो र ट्यांकर ठोक्किँदा दुई जना घाइते
Uncategorized

गृहमन्त्री सुदन गुरुङ र भारतीय समकक्षी अमित शाहबीच भेटवार्ता, सुरक्षा सहकार्यमा जोड

By Mithila Times २ हप्ता अगाडि २ हप्ता अगाडि 59 views

नयाँदिल्ली । नेपालका गृहमन्त्री सुदन गुरुङ र भारतका गृहमन्त्री अमित शाहबीच भारतको राजधानी नयाँदिल्लीमा भेटवार्ता भएको छ। पहिलो बिमस्टेक गृहमन्त्रीस्तरीय बैठकमा सहभागी हुन भारत पुगेका गृहमन्त्री गुरुङले मंगलबार भारतीय समकक्षी शाहसँग भेट गरी नेपाल–भारतबीचको सुरक्षा सहकार्य र द्विपक्षीय सम्बन्धका विभिन्न विषयमा छलफल गरेका हुन्।भारतस्थित नेपाली दूतावासका अनुसार भेटवार्ताका क्रममा दुई देशबीचको सुरक्षा सहकार्यलाई थप सुदृढ बनाउने, सीमा व्यवस्थापनलाई प्रभावकारी बनाउने तथा अन्तरदेशीय अपराध नियन्त्रणका लागि आपसी समन्वय बढाउने विषयमा छलफल भएको थियो।त्यसैगरी, प्राकृतिक विपद्को पूर्वतयारी, उद्धार तथा प्रतिकार्यलाई प्रभावकारी बनाउने र आवश्यकताअनुसार दुवै देशका सम्बन्धित निकायबीच सहकार्य विस्तार गर्ने विषयमा समेत कुराकानी भएको जनाइएको छ।नेपालमा हालै आएको बाढी तथा पहिरोका घटनापछि भारत सरकारले समयमै सहयोग उपलब्ध गराएको भन्दै गृहमन्त्री गुरुङले भारतीय सरकारप्रति आभार व्यक्त गरेका छन्। विपद्का समयमा छिमेकी मुलुकबीचको सहयोग र समन्वयले उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने विषयमा पनि भेटवार्तालाई महत्त्वपूर्ण रूपमा हेरिएको छ।नेपाल र भारतबीच खुला सीमा, जनस्तरको सम्बन्ध तथा साझा सुरक्षा चासो रहेकाले सीमा व्यवस्थापन, अपराध नियन्त्रण र विपद् प्रतिकार्यमा सहकार्यलाई निरन्तरता दिनुपर्ने आवश्यकता रहँदै आएको छ।बिमस्टेक गृहमन्त्रीस्तरीय बैठकमा सहभागिताका क्रममा भएको यस भेटवार्ताले नेपाल–भारतबीचको सुरक्षा संवाद र आपसी समन्वयलाई थप अघि बढाउने अपेक्षा गरिएको छ।

About The Author

Mithila Times

Leave a Comment