Breaking
धनुषाको औरहीमा मोटरसाइकल दुर्घटना, दुई जना घाइते कञ्चनपुरबाट प्रतिबन्धित लागूऔषधसहित एक जना पक्राउ कोहलपुरको थापा पोलिक्लिनिकमा बिरामीको गोप्य अंग छोएको आरोप, पाँच सदस्यीय छानबिन समिति गठन सर्लाहीमा सशस्त्र प्रहरीले बरामद गर्‍यो प्रतिबन्धित लागुऔषध गाँजा ‎धोबिनीमा ६२ वर्षीया महिलाको हत्या गरी डकैती गरेको आरोपमा तीन युवक पक्राउ पहिरोले कर्णालीका मुख्य राजमार्ग र सडक अवरुद्ध, यात्रामा सावधानी अपनाउन आग्रह सर्लाहीको मलंगवामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु, साइकलयात्री घाइते धनकुटाको सेल्फीडाँडामा माइक्रो र ट्यांकर ठोक्किँदा दुई जना घाइते
Uncategorized

वीरगञ्जमा गहवामाईको १५१ मिटर लामो चुनरी यात्रा, हजारौँ भक्तजन सहभागी

By Mithila Times २ हप्ता अगाडि २ हप्ता अगाडि 65 views

वीरगञ्ज । वीरगञ्जस्थित प्रसिद्ध गहवामाई मन्दिरमा आइतबार १५१ मिटर लामो चुनरी यात्रा निकालिएको छ। गहवामाईप्रतिको अगाध आस्था र भक्तिभाव प्रकट गर्दै निकालिएको उक्त यात्रामा हजारौँ भक्तजन सहभागी भएका छन्।धार्मिक उत्साह र भक्तिमय वातावरणबीच सम्पन्न चुनरी यात्रामा श्रद्धालुहरूको उल्लेख्य सहभागिता रहेको थियो। भक्तजनहरूले गहवामाईको जयजयकार गर्दै माता गहवामाईप्रति श्रद्धा व्यक्त गरेका थिए। चुनरी यात्राले वीरगञ्जको धार्मिक तथा सांस्कृतिक पहिचानलाई थप उजागर गरेको छ।वीरगञ्जकी आराध्यदेवीका रूपमा पूजिँदै आएकी गहवामाईको दर्शन तथा पूजाआजाका लागि मन्दिर परिसरमा भक्तजनहरूको चहलपहल बढेको छ। धार्मिक आस्था, परम्परा र सामूहिक सहभागिताले चुनरी यात्रालाई विशेष बनाएको छ।

About The Author

Mithila Times

Leave a Comment