वीरगञ्जको कुमहाल टोलमा दुर्गा पूजाको अवसरमा भव्य कलश यात्रा सम्पन्न





वीरगञ्ज । दुर्गा पूजाको अवसरमा वीरगञ्ज महानगरपालिका वडा नम्बर–५ स्थित कुमहाल टोलमा भव्य कलश यात्रा सम्पन्न भएको छ। कुमहाल टोल दुर्गा पूजा समितिको आयोजनामा निकालिएको उक्त कलश यात्रा बाबा त्रिपेश्वरनाथ मन्दिर परिसरबाट सुरु भएको थियो।राजन कुमार पटेलको नेतृत्वमा निकालिएको कलश यात्रामा दुर्गा पूजा समितिका सम्पूर्ण पदाधिकारी तथा श्रद्धालु भक्तजनहरूको सहभागिता रहेको थियो। धार्मिक आस्था र भक्तिभावले भरिएको उक्त यात्रामा सहभागी भक्तजनहरूको उत्साहजनक उपस्थिति रहेको थियो।कलश यात्राका क्रममा दुर्गा पूजा समितिका पदाधिकारीहरूले सहभागी श्रद्धालुहरूलाई स्वागत तथा सम्मान गरेका थिए। दुर्गा पूजालाई भव्य र सभ्य रूपमा सम्पन्न गर्ने उद्देश्यसहित आयोजित यस धार्मिक कार्यक्रमले स्थानीय क्षेत्रमा धार्मिक उत्साह र भक्तिमय वातावरण सिर्जना गरेको छ।
कार्यक्रमको सफलतापछि राजन कुमार पटेलले कलश यात्रामा सहभागी सम्पूर्ण भक्तजनप्रति हार्दिक सम्मान व्यक्त गर्दै कार्यक्रमलाई सफल बनाउन सहयोग तथा सहभागिता जनाउने सबैप्रति आभार प्रकट गरेका छन्।उनले धार्मिक तथा सांस्कृतिक परम्पराको संरक्षण र प्रवर्द्धनका लागि यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन्।कुमहाल टोल दुर्गा पूजा समितिद्वारा आयोजित यस कलश यात्राले स्थानीय समुदायमा धार्मिक एकता, सद्भाव र सांस्कृतिक परम्पराप्रतिको आस्थालाई थप मजबुत बनाएको छ।

