Breaking
धनुषाको औरहीमा मोटरसाइकल दुर्घटना, दुई जना घाइते कञ्चनपुरबाट प्रतिबन्धित लागूऔषधसहित एक जना पक्राउ कोहलपुरको थापा पोलिक्लिनिकमा बिरामीको गोप्य अंग छोएको आरोप, पाँच सदस्यीय छानबिन समिति गठन सर्लाहीमा सशस्त्र प्रहरीले बरामद गर्‍यो प्रतिबन्धित लागुऔषध गाँजा ‎धोबिनीमा ६२ वर्षीया महिलाको हत्या गरी डकैती गरेको आरोपमा तीन युवक पक्राउ पहिरोले कर्णालीका मुख्य राजमार्ग र सडक अवरुद्ध, यात्रामा सावधानी अपनाउन आग्रह सर्लाहीको मलंगवामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु, साइकलयात्री घाइते धनकुटाको सेल्फीडाँडामा माइक्रो र ट्यांकर ठोक्किँदा दुई जना घाइते
Uncategorized

डेसिमल पब्लिक कलेजको फ्रेशर्स मिट कार्यक्रम सम्पन्न, राजु कार्की प्रमुख अतिथिका रूपमा सहभागी

By Mithila Times २ हप्ता अगाडि २ हप्ता अगाडि 65 views

वीरगञ्ज । डेसिमल पब्लिक कलेजद्वारा आयोजित फ्रेशर्स मिट कार्यक्रम उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको छ। कार्यक्रममा राजु कार्की प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए।नयाँ विद्यार्थीहरूलाई स्वागत गर्ने तथा कलेजमा आपसी परिचय, मित्रता र सद्भाव अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रममा विद्यार्थी, शिक्षक तथा अन्य अतिथिहरूको उपस्थिति रहेको थियो।कार्यक्रममा विद्यार्थीहरूले नयाँ शैक्षिक यात्राको सुरुवातसँगै कलेजको वातावरणमा घुलमिल हुने र एकअर्कासँग परिचित हुने अवसर प्राप्त गरेका थिए। यस्ता कार्यक्रमले विद्यार्थीहरूमा आत्मीयता बढाउनुका साथै शैक्षिक तथा अतिरिक्त क्रियाकलापमा सक्रिय सहभागिताका लागि प्रेरित गर्ने विश्वास लिइएको छ।कार्यक्रमले नयाँ विद्यार्थीहरूलाई कलेज परिवारमा स्वागत गर्दै उनीहरूको शैक्षिक यात्रालाई थप उत्साहपूर्ण बनाउने सन्देश दिएको थियो।

About The Author

Mithila Times

Leave a Comment