Breaking
धनुषाको औरहीमा मोटरसाइकल दुर्घटना, दुई जना घाइते कञ्चनपुरबाट प्रतिबन्धित लागूऔषधसहित एक जना पक्राउ कोहलपुरको थापा पोलिक्लिनिकमा बिरामीको गोप्य अंग छोएको आरोप, पाँच सदस्यीय छानबिन समिति गठन सर्लाहीमा सशस्त्र प्रहरीले बरामद गर्‍यो प्रतिबन्धित लागुऔषध गाँजा ‎धोबिनीमा ६२ वर्षीया महिलाको हत्या गरी डकैती गरेको आरोपमा तीन युवक पक्राउ पहिरोले कर्णालीका मुख्य राजमार्ग र सडक अवरुद्ध, यात्रामा सावधानी अपनाउन आग्रह सर्लाहीको मलंगवामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु, साइकलयात्री घाइते धनकुटाको सेल्फीडाँडामा माइक्रो र ट्यांकर ठोक्किँदा दुई जना घाइते
Uncategorized

काभ्रेपलाञ्चोकको मङ्गलटारमा नागरिक सुनुवाइ तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

By Mithila Times २ हप्ता अगाडि २ हप्ता अगाडि 56 views

काभ्रेपलाञ्चोक । प्रहरीका कामकारबाहीबारे नागरिकलाई जानकारी गराउने, नागरिकका गुनासा तथा सुझाव सुन्ने र प्रहरी सेवालाई थप प्रभावकारी, पारदर्शी एवं जनमैत्री बनाउने उद्देश्यले काभ्रेपलाञ्चोकको मङ्गलटारमा नागरिक सुनुवाइ तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोक र इलाका प्रहरी कार्यालय मङ्गलटारको समन्वयमा आयोजित उक्त कार्यक्रम जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख प्रहरी उपरीक्षक (एसपी) रविन कार्कीको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो। कार्यक्रमको आयोजना इलाका प्रहरी कार्यालय मङ्गलटारकी प्रमुख निकिता मिश्राले गर्नुभएको थियो। कार्यक्रममा विभिन्न सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिहरूको समेत उपस्थिति रहेको थियो।कार्यक्रममा प्रहरीका कामकारबाही, नागरिकप्रतिको जिम्मेवारी, शान्ति सुरक्षा तथा समाजमा सुव्यवस्था कायम गर्ने विषयमा विस्तृत छलफल गरिएको थियो। सहभागी नागरिकहरूले प्रहरी सेवासँग सम्बन्धित आफ्ना जिज्ञासा, गुनासा, सुझाव तथा प्रतिक्रियाहरू प्रस्तुत गरेका थिए।

कार्यक्रममा प्रहरीका कामकारबाही, नागरिकप्रतिको जिम्मेवारी, शान्ति सुरक्षा तथा समाजमा सुव्यवस्था कायम गर्ने विषयमा विस्तृत छलफल गरिएको थियो। सहभागी नागरिकहरूले प्रहरी सेवासँग सम्बन्धित आफ्ना जिज्ञासा, गुनासा, सुझाव तथा प्रतिक्रियाहरू प्रस्तुत गरेका थिए।नागरिकबाट प्राप्त सुझाव र गुनासालाई गम्भीरतापूर्वक सुन्दै प्रहरी सेवालाई अझ प्रभावकारी, पारदर्शी र नागरिकमैत्री बनाउने विषयमा अन्तरक्रिया गरिएको थियो। प्रहरीको कार्यसम्पादनलाई थप जिम्मेवार बनाउँदै नागरिकका अपेक्षा र आवश्यकताअनुसार सेवा प्रवाह गर्न यस्ता कार्यक्रम उपयोगी हुने विश्वास व्यक्त गरिएको छ।

नागरिक सुनुवाइ तथा अन्तरक्रिया कार्यक्रमले प्रहरी र नागरिकबीचको सम्बन्धलाई थप सुमधुर बनाउनुका साथै आपसी विश्वास, सहकार्य र समझदारी अभिवृद्धि गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ। समाजमा शान्ति, सुरक्षा र अमनचयन कायम राख्न प्रहरीको सक्रियतासँगै नागरिकको सहयोग र सहभागिता पनि उत्तिकै महत्त्वपूर्ण रहने भएकाले दुवै पक्षबीच निरन्तर संवाद आवश्यक रहेकोमा जोड दिइएको छ।नेपाल प्रहरीले राज्यबाट प्राप्त कानुनी जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्दै नागरिकको विश्वास जित्ने र सुरक्षा सेवालाई थप सहज एवं पहुँचयोग्य बनाउने उद्देश्यले यस्ता कार्यक्रमलाई महत्त्व दिँदै आएको छ।नागरिकका गुनासा तथा सुझावलाई प्राथमिकताका साथ सम्बोधन गर्दै प्रहरी सेवालाई थप उत्तरदायी र जनमैत्री बनाउने तथा सुरक्षित समाज निर्माणका लागि प्रहरी र नागरिकबीचको सहकार्यलाई आगामी दिनमा समेत निरन्तरता दिनुपर्नेमा जोड दिइएको छ।

About The Author

Mithila Times

Leave a Comment