Breaking
धनुषाको औरहीमा मोटरसाइकल दुर्घटना, दुई जना घाइते कञ्चनपुरबाट प्रतिबन्धित लागूऔषधसहित एक जना पक्राउ कोहलपुरको थापा पोलिक्लिनिकमा बिरामीको गोप्य अंग छोएको आरोप, पाँच सदस्यीय छानबिन समिति गठन सर्लाहीमा सशस्त्र प्रहरीले बरामद गर्‍यो प्रतिबन्धित लागुऔषध गाँजा ‎धोबिनीमा ६२ वर्षीया महिलाको हत्या गरी डकैती गरेको आरोपमा तीन युवक पक्राउ पहिरोले कर्णालीका मुख्य राजमार्ग र सडक अवरुद्ध, यात्रामा सावधानी अपनाउन आग्रह सर्लाहीको मलंगवामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु, साइकलयात्री घाइते धनकुटाको सेल्फीडाँडामा माइक्रो र ट्यांकर ठोक्किँदा दुई जना घाइते
Uncategorized

वीरगञ्जमा सशस्त्र प्रहरीद्वारा १४ लाख ३६ हजारभन्दा बढीका अवैध सामान बरामद, दुई ई–लोडर भन्सार दाखिला

By Mithila Times ३ हप्ता अगाडि ३ हप्ता अगाडि 42 views

वीरगञ्ज । सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण हेडक्वार्टर पर्साले वीरगञ्जका विभिन्न स्थानबाट भन्सार छली गरी ल्याइएका करिब १४ लाख ३६ हजार ६३५ रुपैयाँ बराबरका अवैध सामान तथा दुईवटा ई–लोडर बरामद गरेको छ।सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण हेडक्वार्टर पर्साका अनुसार मिति २०८३ असोज २३ गते वीरगञ्ज महानगरपालिका–१४ स्थित गण्डक चोकबाट खटिएको सशस्त्र प्रहरीको टोलीले बिलबिजकबिना दुईवटा ई–लोडरमा लोड गरी ल्याउँदै गरेका अवैध सामान बरामद गरेको हो।उक्त टोलीले भन्सार मूल्य ३ लाख ३४ हजार ९४५ रुपैयाँ बराबरका कपडा, भाँडाकुँडा, टमाटर तथा किराना सामान बरामद गरेको जनाएको छ। साथै, सामान ढुवानीमा प्रयोग गरिएका दुईवटा ई–लोडरको मूल्य १० लाख रुपैयाँ रहेको जनाइएको छ। यसरी ई–लोडरसहित बरामद सामग्रीको कुल मूल्य १३ लाख ३४ हजार ९४५ रुपैयाँ रहेको छ।

त्यसैगरी, सोही दिन वीरगञ्ज महानगरपालिका–१६ स्थित इनर्वा सीमा क्षेत्रमा सीमा सुरक्षा गुल्म वीरगञ्जबाट खटिएको सशस्त्र प्रहरीको टोलीले भारतबाट अवैध रूपमा भन्सार छली नेपालतर्फ ल्याउँदै गरेका किराना तथा कस्मेटिक सामान बरामद गरेको छ।उक्त सामानको भन्सार मूल्य १ लाख १ हजार ६९० रुपैयाँ रहेको सशस्त्र प्रहरीले जनाएको छ।दुवै स्थानबाट बरामद गरिएका सामान तथा ई–लोडरको कुल मूल्य १४ लाख ३६ हजार ६३५ रुपैयाँ पुगेको छ। बरामद सामग्री आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालय, पर्सामा बुझाइएको सशस्त्र प्रहरीले जानकारी दिएको छ।सीमा क्षेत्रमा हुने अवैध आयात तथा भन्सार छली नियन्त्रणका लागि सशस्त्र प्रहरीले निगरानी र गस्तीलाई निरन्तरता दिँदै आएको छ।

सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण हेडक्वार्टर पर्साका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक (सप्रनाउ) सुरज क्षेत्रीका अनुसार बरामद गरिएका अवैध सामान तथा दुईवटा ई–लोडरको कुल अनुमानित मूल्य १४ लाख ३६ हजार ६३५ रुपैयाँ रहेको छ।

About The Author

Mithila Times

Leave a Comment