रुपन्देहीमा भन्सार छलीका सामान बरामद, करिब २ लाख रुपैयाँका अवैध सामग्री नियन्त्रणमा

रुपन्देहीमा भन्सार छलीका सामान बरामद, आवश्यक कारबाहीका लागि भन्सार कार्यालयमा पठाइयोरुपन्देही । जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको प्रहरी टोलीले जिल्लाका विभिन्न स्थानमा चेकजाँच गर्ने क्रममा भन्सार छली गरी ल्याइएका सामान बरामद गरेको छ।जिल्ला प्रहरी कार्यालय रुपन्देहीले २०८३ असोज २३ गते सार्वजनिक गरेको प्रेस विज्ञप्तिअनुसार बरामद गरिएका सामानको अनुमानित मूल्य १ लाख ९६ हजार ७५० रुपैयाँ रहेको छ। नियन्त्रणमा लिइएका सामान आवश्यक कारबाहीका लागि भन्सार कार्यालय बेलहिया, रुपन्देहीमा पठाइएको प्रहरीले जनाएको छ।
बरामद गरिएका सामानको विवरण१. सिद्धार्थनगर नगरपालिका–१, बेलहिया बसपार्कबेलहिया बसपार्क क्षेत्रबाट अन्दाजी ६६ हजार ९०० रुपैयाँ बराबरको ३२ पिस लेडिज सुट, १० पिस साडी र ५ प्याकेट चामल बरामद गरिएको छ।२. सैनामैना नगरपालिका–४, मुर्गियामुर्गिया क्षेत्रबाट अन्दाजी ७५ हजार रुपैयाँ बराबरको ५० पिस कुर्ता सुरुवाल बरामद गरिएको छ।३. लुम्बिनी सांस्कृतिक नगरपालिका–१३, कालिदहकालिदह क्षेत्रबाट अन्दाजी ५४ हजार ८५० रुपैयाँ बराबरका सामान बरामद गरिएको छ। बरामद सामग्रीमा ८ पिस डीजे स्पिकर, ६ बोरा कुर्ता, ३ प्याकेट पूजा किट र ५ प्याकेट हवन सामग्री रहेका छन्।
प्रहरीका अनुसार भन्सार छली गरी अवैध रूपमा सामान ओसारपसार गर्ने गतिविधि नियन्त्रण गर्ने उद्देश्यले जिल्लाका विभिन्न स्थानमा चेकजाँच तथा निगरानीलाई निरन्तरता दिइएको छ।बरामद गरिएका सबै सामान आवश्यक कानुनी प्रक्रिया अघि बढाउन भन्सार कार्यालय बेलहिया, रुपन्देहीमा बुझाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

