Uncategorized
जसपा छाड्दै तबस्सुम अन्सारी रास्वपामा प्रवेश, १२ वर्ष लामो राजनीतिक यात्रामा नयाँ मोड

जसपाकी केन्द्रीय सदस्य तबस्सुम अन्सारी रास्वपामा प्रवेशकाठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालमा विगत १२ वर्षदेखि योगदान दिँदै आएकी केन्द्रीय सदस्य तबस्सुम अन्सारीले पार्टी परित्याग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेकी छन्।जसपामा लामो समयदेखि सक्रिय रहँदै आएकी अन्सारीको रास्वपा प्रवेशलाई उनको राजनीतिक यात्रामा नयाँ मोडका रूपमा हेरिएको छ। पार्टी परिवर्तनसँगै उनले अब राष्ट्रिय स्वतन्त्र पार्टीमार्फत आफ्नो राजनीतिक यात्रा अघि बढाउने भएकी छन्।१२ वर्षदेखि जसपामा रहेर योगदान दिएकी अन्सारीले पार्टी छाडेर रास्वपा रोजेपछि उनको निर्णयले राजनीतिक वृत्तमा चासो बढाएको छ।यद्यपि, पार्टी परिवर्तन गर्नुको कारण, रास्वपामा उनलाई दिइने जिम्मेवारी तथा आगामी राजनीतिक योजनाबारे विस्तृत विवरण सार्वजनिक हुन बाँकी छ।

