Breaking
धनुषाको औरहीमा मोटरसाइकल दुर्घटना, दुई जना घाइते कञ्चनपुरबाट प्रतिबन्धित लागूऔषधसहित एक जना पक्राउ कोहलपुरको थापा पोलिक्लिनिकमा बिरामीको गोप्य अंग छोएको आरोप, पाँच सदस्यीय छानबिन समिति गठन सर्लाहीमा सशस्त्र प्रहरीले बरामद गर्‍यो प्रतिबन्धित लागुऔषध गाँजा ‎धोबिनीमा ६२ वर्षीया महिलाको हत्या गरी डकैती गरेको आरोपमा तीन युवक पक्राउ पहिरोले कर्णालीका मुख्य राजमार्ग र सडक अवरुद्ध, यात्रामा सावधानी अपनाउन आग्रह सर्लाहीको मलंगवामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु, साइकलयात्री घाइते धनकुटाको सेल्फीडाँडामा माइक्रो र ट्यांकर ठोक्किँदा दुई जना घाइते
Uncategorized

कानुनका विद्यार्थीलाई सैद्धान्तिकसँगै व्यवहारिक ज्ञान आवश्यक : प्रमुख न्यायाधीश रेग्मी

By Mithila Times ३ हप्ता अगाडि ३ हप्ता अगाडि 52 views

वीरगन्ज । पर्सा जिल्ला अदालतका प्रमुख न्यायाधीश गायत्री प्रसाद रेग्मीले कानुनका विद्यार्थीलाई सैद्धान्तिक ज्ञानसँगै व्यवहारिक तथा न्यायिक ज्ञान प्रदान गर्न अदालत र कानुन अध्ययनरत विद्यार्थीबीच सहकार्य आवश्यक रहेको बताएका छन्।वीरगन्जस्थित वीरगन्ज स्कुल अफ ल कलेजद्वारा आयोजित दसैँ तथा तिहार पर्वको शुभकामना आदानप्रदान कार्यक्रममा प्रमुख अतिथिका रूपमा बोल्दै न्यायाधीश रेग्मीले आजका कानुनका विद्यार्थी नै भविष्यमा अधिवक्ता, न्यायाधीश तथा सामाजिक अभियन्ताका रूपमा न्याय क्षेत्र र समाजको नेतृत्व गर्ने भएकाले उनीहरूलाई व्यवहारिक ज्ञान दिन आवश्यक रहेको बताए।उनले विद्यार्थीलाई अदालतको कार्यप्रणाली, न्याय सम्पादन प्रक्रिया तथा न्यायिक अभ्यासका व्यवहारिक पक्षबारे प्रत्यक्ष जानकारी गराउन पर्सा जिल्ला अदालत सधैँ साथ, सहयोग र समन्वयका लागि तयार रहेको बताए।क्याम्पस सञ्चालिका सुशिला कुमारी पटेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पर्सा जिल्ला अदालतका प्रमुख न्यायाधीश गायत्री प्रसाद रेग्मी प्रमुख अतिथि तथा जिल्ला न्यायाधीश तीर्थराज केसी, पर्साका प्रहरी उपरीक्षक पवनकुमार भट्टराई, पर्सा बार एसोसिएसनका अध्यक्ष अधिवक्ता रामनारायण कुर्मी, पर्सा जिल्ला अदालतका श्रेस्तेदार प्रभाकर कुमार मल्लिक, कलेजका कार्यक्रम संयोजक प्राध्यापक डा. हरेराम ठाकुर, शिक्षक प्रमोद पाण्डे र पूजा यादव तथा क्याम्पस प्रमुख अधिवक्ता चन्द्रिका पटेललगायत विशिष्ट अतिथिका रूपमा सहभागी थिए।कार्यक्रममा क्याम्पस प्रमुख अधिवक्ता चन्द्रिका पटेलले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन् भने बीए एलएलबी प्रथम वर्षमा अध्ययनरत छात्रा नन्दिनी पटेलले कार्यक्रम सञ्चालन गरेकी थिइन्।दसैँ तथा तिहार पर्वको शुभकामना आदानप्रदानसँगै कार्यक्रममा विद्यार्थी र अतिथिहरूबीच कानुनी शिक्षा, व्यवहारिक ज्ञान तथा न्यायिक क्षेत्रसँग सम्बन्धित विषयमा विचार आदानप्रदान गरिएको थियो। कार्यक्रममा कलेजका विद्यार्थी तथा शिक्षकहरूको उल्लेख्य सहभागिता रहेको थियो।

About The Author

Mithila Times

Leave a Comment