Breaking
धनुषाको औरहीमा मोटरसाइकल दुर्घटना, दुई जना घाइते कञ्चनपुरबाट प्रतिबन्धित लागूऔषधसहित एक जना पक्राउ कोहलपुरको थापा पोलिक्लिनिकमा बिरामीको गोप्य अंग छोएको आरोप, पाँच सदस्यीय छानबिन समिति गठन सर्लाहीमा सशस्त्र प्रहरीले बरामद गर्‍यो प्रतिबन्धित लागुऔषध गाँजा ‎धोबिनीमा ६२ वर्षीया महिलाको हत्या गरी डकैती गरेको आरोपमा तीन युवक पक्राउ पहिरोले कर्णालीका मुख्य राजमार्ग र सडक अवरुद्ध, यात्रामा सावधानी अपनाउन आग्रह सर्लाहीको मलंगवामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु, साइकलयात्री घाइते धनकुटाको सेल्फीडाँडामा माइक्रो र ट्यांकर ठोक्किँदा दुई जना घाइते
Uncategorized

इजरायल पठाइदिने भन्दै साढे दुई करोडभन्दा बढी ठगी आरोप, कांग्रेस नेता चौलागाईँसहित चारजनाविरुद्ध उजुरी आह्वान

By Mithila Times ३ हप्ता अगाडि ३ हप्ता अगाडि 81 views
MITHILA TIMESmithila-times.com

काठमाडौं । प्रधानमन्त्रीका प्रमुख सल्लाहकारसँग विशेष सम्बन्ध रहेको दाबी गर्दै क्याबिनेटबाट निर्णय गराएर इजरायल पठाइदिने झुट्टा आश्वासन देखाई विभिन्न व्यक्तिबाट साढे दुई करोड रुपैयाँभन्दा बढी रकम ठगी गरेको आरोपमा चारजनाविरुद्ध प्रहरीले पीडितलाई औपचारिक रूपमा उजुरी दिन आह्वान गरेको छ।प्रहरीका अनुसार ठगी प्रकरणमा रामेछापका कांग्रेस नेता भरत चौलागाईँ र प्रेस युनियनकी केन्द्रीय सदस्य तथा पत्रकार बालिका शिवाकोटीसहित चारजनाको संलग्नता रहेको आरोप लागेको छ। उनीहरूले प्रभावशाली राजनीतिक तथा सरकारी व्यक्तिसँग आफ्नो विशेष पहुँच रहेको भन्दै वैदेशिक रोजगारीका लागि इजरायल पठाइदिने र त्यसका लागि आवश्यक सरकारी निर्णयसमेत गराइदिने आश्वासन दिएको आरोप छ।उक्त आश्वासनमा विश्वास परी विभिन्न व्यक्तिले ठूलो रकम बुझाएको र पछि प्रतिबद्धताअनुसार काम नभएपछि आफूहरू ठगीमा परेको भन्दै प्रहरीसमक्ष गुनासो गरेका छन्। प्रारम्भिक विवरणअनुसार पीडितबाट साढे दुई करोड रुपैयाँभन्दा बढी रकम उठाइएको आरोप छ।प्रहरीले घटनासँग सम्बन्धित अन्य पीडित तथा रकम बुझाएका व्यक्तिहरू भए उनीहरूलाई समेत प्रमाणसहित औपचारिक उजुरी दिन आग्रह गरेको छ। उजुरीका आधारमा घटनाको विस्तृत अनुसन्धान गरी आरोपित व्यक्तिहरूको भूमिका, रकम संकलनको प्रक्रिया तथा अन्य सम्भावित संलग्नताबारे अनुसन्धान अघि बढाइने प्रहरीले जनाएको छ।प्रहरीले पीडितहरूलाई रकम बुझाएको प्रमाण, बैंक कारोबार, रसिद, सम्झौता, मोबाइल सन्देश तथा अन्य सम्बन्धित कागजात सुरक्षित राखी अनुसन्धानमा सहयोग गर्नसमेत आग्रह गरेको छ। घटनाबारे थप तथ्य अनुसन्धानपछि मात्रै स्पष्ट हुने प्रहरीले जनाएको छ।

About The Author

Mithila Times

Leave a Comment