Breaking
धनुषाको औरहीमा मोटरसाइकल दुर्घटना, दुई जना घाइते कञ्चनपुरबाट प्रतिबन्धित लागूऔषधसहित एक जना पक्राउ कोहलपुरको थापा पोलिक्लिनिकमा बिरामीको गोप्य अंग छोएको आरोप, पाँच सदस्यीय छानबिन समिति गठन सर्लाहीमा सशस्त्र प्रहरीले बरामद गर्‍यो प्रतिबन्धित लागुऔषध गाँजा ‎धोबिनीमा ६२ वर्षीया महिलाको हत्या गरी डकैती गरेको आरोपमा तीन युवक पक्राउ पहिरोले कर्णालीका मुख्य राजमार्ग र सडक अवरुद्ध, यात्रामा सावधानी अपनाउन आग्रह सर्लाहीको मलंगवामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु, साइकलयात्री घाइते धनकुटाको सेल्फीडाँडामा माइक्रो र ट्यांकर ठोक्किँदा दुई जना घाइते
Uncategorized

‎फौजदारी मुद्दामा मिलापत्र स्वीकार्य हुँदैन : मन्त्री सोविता गौतम

By Mithila Times ३ हप्ता अगाडि ३ हप्ता अगाडि 37 views
MITHILA TIMESmithila-times.com

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री सोविता गौतमले फौजदारी मुद्दामा मिलापत्र गर्ने विषय स्वीकार्य नहुने स्पष्ट पारेकी छन्।‎‎मन्त्री गौतमले फौजदारी प्रकृतिका मुद्दा कानुनअनुसार नै अघि बढ्नुपर्ने बताउँदै पीडित र आरोपीबीच आपसी सहमतिका नाममा मिलापत्र गराउने कार्य कानुनी रूपमा स्वीकार्य नहुने उल्लेख गरिन्।‎‎उनका अनुसार समाजमा फौजदारी मुद्दालाई मिलापत्रका माध्यमबाट टुंग्याउने अभ्यास कहीँकतै भइरहेको भए त्यस्तो कार्य दण्डनीय विषय हो। फौजदारी अपराधमा कानुनी प्रक्रिया अवलम्बन गर्नुपर्ने र अपराधको प्रकृति तथा कानुनअनुसार सम्बन्धित निकायले आवश्यक कारबाही अघि बढाउनुपर्ने उनको भनाइ छ।‎‎मन्त्री गौतमले फौजदारी अपराधका घटनामा पीडितलाई न्याय दिलाउने विषयलाई प्राथमिकतामा राख्नुपर्ने बताउँदै कानुनभन्दा बाहिर गएर गरिने कुनै पनि प्रकारको मिलापत्र वा सहमति स्वीकार्य नहुने स्पष्ट पारेकी छन्।‎‎उनले समाजमा कानुनी शासन कायम गर्न फौजदारी मुद्दामा निर्धारित कानुनी प्रक्रिया पालना गर्नुपर्नेमा जोड दिँदै त्यस्ता घटनालाई दबाउने वा आपसी मिलापत्रका नाममा टुंग्याउने प्रयास रोक्नुपर्ने बताइन्।‎

About The Author

Mithila Times

Leave a Comment