Breaking
धनुषाको औरहीमा मोटरसाइकल दुर्घटना, दुई जना घाइते कञ्चनपुरबाट प्रतिबन्धित लागूऔषधसहित एक जना पक्राउ कोहलपुरको थापा पोलिक्लिनिकमा बिरामीको गोप्य अंग छोएको आरोप, पाँच सदस्यीय छानबिन समिति गठन सर्लाहीमा सशस्त्र प्रहरीले बरामद गर्‍यो प्रतिबन्धित लागुऔषध गाँजा ‎धोबिनीमा ६२ वर्षीया महिलाको हत्या गरी डकैती गरेको आरोपमा तीन युवक पक्राउ पहिरोले कर्णालीका मुख्य राजमार्ग र सडक अवरुद्ध, यात्रामा सावधानी अपनाउन आग्रह सर्लाहीको मलंगवामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु, साइकलयात्री घाइते धनकुटाको सेल्फीडाँडामा माइक्रो र ट्यांकर ठोक्किँदा दुई जना घाइते
Uncategorized

चाडपर्व लक्षित मधेस प्रहरीको ‘मास्टर प्लान’ सार्वजनिक : ८ जिल्लामा १,५११ संवेदनशील स्थल, ७,२०० प्रहरी परिचालन

By Mithila Times ३ हप्ता अगाडि ३ हप्ता अगाडि 59 views
MITHILA TIMESmithila-times.com

वीरगञ्ज । चाडपर्वलाई लक्षित गर्दै मधेस प्रदेश प्रहरीले विशेष सुरक्षा योजना सार्वजनिक गरेको छ। प्रदेशका आठवटै जिल्लामा हुन सक्ने सम्भावित आपराधिक गतिविधि नियन्त्रण, यात्रुको सुरक्षा तथा सार्वजनिक शान्ति–सुरक्षा कायम गर्ने उद्देश्यले प्रहरीले व्यापक सुरक्षा योजना लागू गरेको जनाएको छ।प्रदेश प्रहरीका अनुसार चाडपर्वको समयमा बढी भीडभाड हुने स्थान, बजार, धार्मिक तथा पर्यटकीय स्थल, सीमा क्षेत्र, यातायातका मुख्य नाका लगायतका १ हजार ५ सय ११ वटा संवेदनशील स्थल पहिचान गरी त्यहाँ विशेष सुरक्षा व्यवस्था मिलाइएको छ।सुरक्षा योजनाअन्तर्गत प्रदेशभर करिब ७ हजार २ सय प्रहरी परिचालन गरिने जनाइएको छ। चाडपर्वका बेला हुन सक्ने चोरी, लुटपाट, ठगी, झैझगडा, सवारी दुर्घटना तथा अन्य आपराधिक गतिविधि नियन्त्रणलाई प्राथमिकतामा राखिएको प्रहरीले जनाएको छ।यात्रु सहायता कक्षमा विशेष ध्यानचाडपर्वमा घर फर्किने तथा विभिन्न गन्तव्यतर्फ जाने यात्रुको सहज र सुरक्षित यात्राका लागि प्रदेश प्रहरीले विशेष व्यवस्था गरेको छ।सुरक्षा योजनाअन्तर्गत प्रदेशभर ५५ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ। यात्राका क्रममा यात्रुले कुनै समस्या भोग्न नपरोस्, असहज अवस्था आएमा तत्काल प्रहरीको सहयोग प्राप्त गर्न सकून् तथा यात्रुसँग तोकिएको भन्दा बढी भाडा असुली नहोस् भन्ने उद्देश्यले सहायता कक्ष सञ्चालनमा ल्याइएको प्रदेश प्रहरीले जनाएको छ।यात्रु सहायता कक्षबाट यात्रुलाई आवश्यक सूचना तथा सहयोग उपलब्ध गराउनुका साथै सार्वजनिक यातायातमा हुने सम्भावित ठगी तथा बढी भाडा असुलीसम्बन्धी गुनासो सम्बोधन गर्ने व्यवस्था मिलाइएको प्रहरीले जनाएको छ।सीमाबाट प्रवेश गर्ने यात्रुका लागि पनि सहायता कक्षनेपाल प्रवेश गर्ने बाह्य मुलुकका यात्रुलाई समेत लक्षित गरी प्रदेशका विभिन्न सीमा क्षेत्रमा २८ वटा सहायता कक्ष स्थापना गरिएको प्रहरीले जनाएको छ।सीमा नाकाबाट नेपाल प्रवेश गर्ने यात्रुलाई आवश्यक जानकारी, सुरक्षा सहयोग तथा सहज आवागमनमा सहजीकरण गर्ने उद्देश्यले ती सहायता कक्ष सञ्चालनमा ल्याइएको हो।चाडपर्वको समयमा यात्रुको आवागमन अत्यधिक बढ्ने भएकाले प्रहरीले सीमा नाका, मुख्य सडक, बजार क्षेत्र तथा भीडभाड हुने स्थानमा निगरानी बढाएको जनाएको छ।प्रदेश प्रहरीले चाडपर्वका क्रममा नागरिकलाई कुनै समस्या परेमा नजिकको प्रहरी कार्यालय वा सहायता कक्षमा सम्पर्क गर्न आग्रह गर्दै सुरक्षित रूपमा चाडपर्व मनाउन अपिलसमेत गरेको छ।

About The Author

Mithila Times

Leave a Comment