Breaking
धनुषाको औरहीमा मोटरसाइकल दुर्घटना, दुई जना घाइते कञ्चनपुरबाट प्रतिबन्धित लागूऔषधसहित एक जना पक्राउ कोहलपुरको थापा पोलिक्लिनिकमा बिरामीको गोप्य अंग छोएको आरोप, पाँच सदस्यीय छानबिन समिति गठन सर्लाहीमा सशस्त्र प्रहरीले बरामद गर्‍यो प्रतिबन्धित लागुऔषध गाँजा ‎धोबिनीमा ६२ वर्षीया महिलाको हत्या गरी डकैती गरेको आरोपमा तीन युवक पक्राउ पहिरोले कर्णालीका मुख्य राजमार्ग र सडक अवरुद्ध, यात्रामा सावधानी अपनाउन आग्रह सर्लाहीको मलंगवामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु, साइकलयात्री घाइते धनकुटाको सेल्फीडाँडामा माइक्रो र ट्यांकर ठोक्किँदा दुई जना घाइते
Uncategorized

इटाली पठाइदिने भन्दै धनुषाका चार युवासँग लाखौँ ठगीको आरोप, दुई जनाविरुद्ध मुद्दा दर्ता भए पनि पक्राउ हुन सकेनन्

By Mithila Times ३ हप्ता अगाडि ३ हप्ता अगाडि 56 views
MITHILA TIMESmithila-times.com

धनुषा । वैदेशिक रोजगारीका लागि इटाली पठाइदिने भन्दै धनुषाका चार युवाबाट लाखौँ रुपैयाँ रकम लिएको आरोपमा दुई जनाविरुद्ध वैदेशिक रोजगार विभागमा ठगीसम्बन्धी मुद्दा दर्ता भएको महिनौँ बितिसक्दा पनि उनीहरू पक्राउ पर्न सकेका छैनन्।धनुषाको हंसपुर नगरपालिका–७ का नियाज मोहम्मद राईनसहित चार युवाले महोत्तरीको भंगहा नगरपालिका–५ का हैदर अलि र सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–७ का अनवर शेषले इटाली पठाइदिने भन्दै रकम लिएर ठगी गरेको आरोप लगाउँदै वैदेशिक रोजगार विभागमा जाहेरी दिएका हुन्।जाहेरीअनुसार हैदर अलिले इटालीमा प्याकिङको काममा मासिक १ हजार ४ सय युरोसम्म तलब हुने र वैदेशिक रोजगारीका लागि करिब ७ लाख ५० हजार रुपैयाँ खर्च लाग्ने बताएपछि उनीहरू इटाली जान तयार भएका थिए। त्यसपछि राहदानीसमेत बुझाएर हैदरको नाममा रहेको नेपाल बैंकको खातामा रकम जम्मा गरिएको जाहेरीमा उल्लेख छ।जाहेरीअनुसार नियाज मोहम्मद राईनले बैंकमार्फत ३ लाख ८३ हजार रुपैयाँ र नगद १ लाख १७ हजार रुपैयाँ, मोहम्मद अतुल्लाहले बैंकमार्फत २ लाख रुपैयाँ र नगद ४ लाख २५ हजार रुपैयाँ, अमजद अलिले बैंकमार्फत २ लाख ५३ हजार रुपैयाँ र नगद ४ लाख ६७ हजार रुपैयाँ तथा वसिन राईनले बैंकमार्फत ३ लाख २३ हजार रुपैयाँ र नगद १ लाख ३५ हजार रुपैयाँ दिएको उल्लेख छ।त्यसैगरी, हैदर अलिले उपलब्ध गराएको अनवर शेषको नबिल बैंक खातामा नियाज मोहम्मद राईनले ३ लाख रुपैयाँ र वसिन राईनले ३ लाख ५ हजार रुपैयाँ जम्मा गरेको जाहेरीमा उल्लेख गरिएको छ।रकम लिएपछि तत्काल इटाली पठाइदिने भन्दै आरोपितहरूले विभिन्न समयमा भिसा, वर्क परमिट, अफर लेटर र टिकट उपलब्ध गराएको तर ती कागजातहरू नक्कली रहेको जाहेरवालाहरूको दाबी छ। लामो समयसम्म पनि इटाली नपठाएपछि रकम फिर्ता माग्दा आरोपितहरू सम्पर्कविहीन भएको उनीहरूको भनाइ छ।पीडितहरूले आफूहरूबाट लिइएको रकम फिर्ता गराउनुपर्ने, त्यसमा ५० प्रतिशत हर्जाना उपलब्ध गराउनुपर्ने तथा राहदानीसमेत फिर्ता गराई दोषीमाथि कानुनबमोजिम कारबाही गर्नुपर्ने माग गरेका छन्।वैदेशिक रोजगार विभागमा दर्ता भएको उक्त मुद्दामा वैदेशिक रोजगार न्यायाधीकरणबाट २०८२ माघ २२ गते हैदर अलिलाई पक्राउ गर्न अनुमति प्राप्त भएको विभागको पत्रमा उल्लेख छ। अनुसन्धानका लागि पक्राउ पुर्जी जारी गरी हैदरलाई पक्राउ गरेर स्वास्थ्य परीक्षणसहित विभागमा उपस्थित गराउन काठमाडौं उपत्यका प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय महोत्तरीलाई पत्राचारसमेत गरिएको छ।विभागले वैदेशिक रोजगार ऐन, २०६४ बमोजिम अनुसन्धानमा सहयोग गर्न प्रहरीलाई अनुरोध गरेको जनाएको छ। जाहेरीसँगै पीडितहरूले राहदानीको भौचर, आरोपितहरूले उपलब्ध गराएका विभिन्न कागजात तथा सामाजिक सञ्जालमा भएका कुराकानीलाई प्रमाणका रूपमा पेस गरेको उल्लेख छ।घटनामा आरोपितहरूको वास्तविक संलग्नता तथा कागजातको अवस्थाबारे सम्बन्धित निकायबाट हुने अनुसन्धान र कानुनी प्रक्रियापछि थप तथ्य स्पष्ट हुने जनाइएको छ।

About The Author

Mithila Times

Leave a Comment