Breaking
धनुषाको औरहीमा मोटरसाइकल दुर्घटना, दुई जना घाइते कञ्चनपुरबाट प्रतिबन्धित लागूऔषधसहित एक जना पक्राउ कोहलपुरको थापा पोलिक्लिनिकमा बिरामीको गोप्य अंग छोएको आरोप, पाँच सदस्यीय छानबिन समिति गठन सर्लाहीमा सशस्त्र प्रहरीले बरामद गर्‍यो प्रतिबन्धित लागुऔषध गाँजा ‎धोबिनीमा ६२ वर्षीया महिलाको हत्या गरी डकैती गरेको आरोपमा तीन युवक पक्राउ पहिरोले कर्णालीका मुख्य राजमार्ग र सडक अवरुद्ध, यात्रामा सावधानी अपनाउन आग्रह सर्लाहीको मलंगवामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु, साइकलयात्री घाइते धनकुटाको सेल्फीडाँडामा माइक्रो र ट्यांकर ठोक्किँदा दुई जना घाइते
Uncategorized

इटहरीमा तासको खालबाट पाँच जना पक्राउ, २ लाख ३१ हजार रुपैयाँ बरामद

By Mithila Times ३ हप्ता अगाडि ३ हप्ता अगाडि 50 views
MITHILA TIMESmithila-times.com

इटहरी । सुनसरीको इटहरी उपमहानगरपालिका–१७ मा तास खेलिरहेको अवस्थामा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ। प्रहरीले उनीहरूको साथबाट २ लाख ३१ हजार १ सय ७० रुपैयाँ नगद र एक बुक तास बरामद गरेको जनाएको छ।प्रहरीका अनुसार मंगलबार बिहान करिब १ः१५ बजे इटहरी–१७ निवासी शेलिस शेर्पाको घरमा जुवातास भइरहेको सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय पकलीबाट प्रहरी टोली परिचालन गरिएको थियो।प्रहरी टोलीले घरमा छापा मार्दा तास खेलिरहेको अवस्थामा पाँच जनालाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेमा धादिङको ज्वालामुखी गाउँपालिका–२ का २७ वर्षीय नारायण श्रेष्ठ, रामधुनी नगरपालिका–१ का ३६ वर्षीय प्रेम विक, रामधुनी–५ का ४७ वर्षीय गौरीशंकर लुइँटेल, ४२ वर्षीय महेशलाल धामी र इटहरी–१७ का ४३ वर्षीय लोकबन्धु कार्की रहेका छन्।सुनसरी प्रहरीका सूचना अधिकारी डीएसपी चन्द्रबहादुर खड्काका अनुसार नारायण श्रेष्ठको साथबाट १ लाख ४८ हजार ८ सय रुपैयाँ, महेशलाल धामीबाट ७८ हजार ५ सय रुपैयाँ, लोकबन्धु कार्कीबाट ३ हजार ५ सय रुपैयाँ र गौरीशंकर लुइँटेलबाट ३ सय ७० रुपैयाँ बरामद भएको छ। प्रेम विकको साथबाट भने नगद फेला नपरेको प्रहरीले जनाएको छ।बरामद नगद तथा ताससहित पाँचै जनालाई इलाका प्रहरी कार्यालय पकलीमा राखिएको छ। इन्स्पेक्टर सञ्जीव ओलीको नेतृत्वमा घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

About The Author

Mithila Times

Leave a Comment