Breaking
धनुषाको औरहीमा मोटरसाइकल दुर्घटना, दुई जना घाइते कञ्चनपुरबाट प्रतिबन्धित लागूऔषधसहित एक जना पक्राउ कोहलपुरको थापा पोलिक्लिनिकमा बिरामीको गोप्य अंग छोएको आरोप, पाँच सदस्यीय छानबिन समिति गठन सर्लाहीमा सशस्त्र प्रहरीले बरामद गर्‍यो प्रतिबन्धित लागुऔषध गाँजा ‎धोबिनीमा ६२ वर्षीया महिलाको हत्या गरी डकैती गरेको आरोपमा तीन युवक पक्राउ पहिरोले कर्णालीका मुख्य राजमार्ग र सडक अवरुद्ध, यात्रामा सावधानी अपनाउन आग्रह सर्लाहीको मलंगवामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु, साइकलयात्री घाइते धनकुटाको सेल्फीडाँडामा माइक्रो र ट्यांकर ठोक्किँदा दुई जना घाइते
Uncategorized

भारतबाट भन्सार छली ल्याइएका १३ लाख ४१ हजार रुपैयाँभन्दा बढीका अवैध सामान बरामद

By Mithila Times ३ हप्ता अगाडि ३ हप्ता अगाडि 39 views
MITHILA TIMESmithila-times.com

विराटनगर, १९ असोज । सशस्त्र प्रहरीले भारतबाट भन्सार छली चोरी–तस्करी गरी नेपाल भित्र्याउँदै गरेको करिब १३ लाख ४१ हजार २५० रुपैयाँ मूल्य बराबरका अवैध सामान बरामद गरेको छ।
सशस्त्र प्रहरी बल, नेपाल नं. ३ गण हेडक्वार्टर कंकालिनी मोरङ मातहतका सीमा सुरक्षा गुल्म रानी, सीमा सुरक्षा गुल्म सोराभाग, बीओपी जहदा भुटाहा तथा कारागार सुरक्षा बेस मोरङबाट विभिन्न मितिमा परिचालित टोलीले मोरङका विभिन्न सीमा क्षेत्रमा चेकजाँच तथा निगरानी गर्ने क्रममा उक्त सामान बरामद गरेको हो।
सशस्त्र प्रहरीका अनुसार बरामद सामग्रीमा दुई वटा मोटरसाइकल, किराना सामग्री, लत्ताकपडा, फलफूललगायतका विभिन्न सामान रहेका छन्। भारतबाट भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा फेला परेका ती सामान नियन्त्रणमा लिई आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।
बरामद भएका सम्पूर्ण सामान आवश्यक कारबाही तथा राजस्व असुलीका लागि विराटनगर भन्सार कार्यालय, मोरङमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।
सीमा क्षेत्रमा हुने अवैध चोरी–तस्करी नियन्त्रण तथा राजस्व चुहावट रोक्न सशस्त्र प्रहरीले सीमा क्षेत्रमा निगरानी, गस्ती र चेकजाँचलाई थप प्रभावकारी बनाउँदै निरन्तरता दिएको जनाएको छ। प्रहरीका अनुसार सीमा क्षेत्रमा शंकास्पद गतिविधिमाथि निगरानी बढाउँदै अवैध रूपमा सामान ओसारपसार गर्ने कार्य नियन्त्रणमा कडाइ गरिएको छ।

About The Author

Mithila Times

Leave a Comment