औद्योगिक छलफल कार्यक्रममा सभापति रहबर अन्सारीलाई संघको तर्फबाट ज्ञापनपत्र

काठमाडौं । संघीय उद्योग, वाणिज्य, आपूर्ति, श्रम तथा उपभोक्ता संरक्षण समितिले काठमाडौंमा आयोजना गरेको औद्योगिक छलफल कार्यक्रममा संघको तर्फबाट समितिका सभापति रहबर अन्सारीलाई ज्ञापनपत्र प्रदान गरिएको छ।औद्योगिक क्षेत्रसँग सम्बन्धित विभिन्न समस्या, उद्योगी–व्यवसायीका माग तथा विद्यमान चुनौतीहरू समेटिएको ज्ञापनपत्र समितिका सभापति अन्सारीलाई हस्तान्तरण गरिएको हो।कार्यक्रममा सहभागी उद्योगी तथा व्यवसायीहरूले औद्योगिक क्षेत्रको विकास, लगानीको वातावरण निर्माण, उद्योग सञ्चालनमा देखिएका समस्या तथा व्यवसायीले भोग्दै आएका कठिनाइबारे धारणा राखेका थिए।ज्ञापनपत्र बुझाउँदै संघका प्रतिनिधिहरूले उद्योग तथा व्यवसाय क्षेत्रका समस्यालाई सम्बन्धित निकायमार्फत सम्बोधन गर्न पहल गर्न आग्रह गरेका छन्। साथै उद्योगमैत्री नीति निर्माण, व्यवसाय सञ्चालनका लागि सहज वातावरण तथा निजी क्षेत्रका जायज मागलाई प्राथमिकताका साथ सम्बोधन गर्नुपर्नेमा जोड दिइएको छ।कार्यक्रममा समितिका सभापति रहबर अन्सारीसहित उद्योग तथा व्यवसाय क्षेत्रका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

