Breaking
धनुषाको औरहीमा मोटरसाइकल दुर्घटना, दुई जना घाइते कञ्चनपुरबाट प्रतिबन्धित लागूऔषधसहित एक जना पक्राउ कोहलपुरको थापा पोलिक्लिनिकमा बिरामीको गोप्य अंग छोएको आरोप, पाँच सदस्यीय छानबिन समिति गठन सर्लाहीमा सशस्त्र प्रहरीले बरामद गर्‍यो प्रतिबन्धित लागुऔषध गाँजा ‎धोबिनीमा ६२ वर्षीया महिलाको हत्या गरी डकैती गरेको आरोपमा तीन युवक पक्राउ पहिरोले कर्णालीका मुख्य राजमार्ग र सडक अवरुद्ध, यात्रामा सावधानी अपनाउन आग्रह सर्लाहीको मलंगवामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु, साइकलयात्री घाइते धनकुटाको सेल्फीडाँडामा माइक्रो र ट्यांकर ठोक्किँदा दुई जना घाइते
Uncategorized

वीरगञ्जका विभिन्न नाकाबाट भन्सार छलीका सामान बरामद, ६० लाखको एसीसहित ठूलो परिमाणमा अवैध सामग्री नियन्त्रणमा

By Mithila Times ३ हप्ता अगाडि ३ हप्ता अगाडि 47 views
MITHILA TIMESmithila-times.com

बारा, १८ असोज । सशस्त्र प्रहरी बलले वीरगञ्जका विभिन्न सीमावर्ती नाकाबाट भन्सार छली नेपाल भित्र्याइएका ठूलो परिमाणका सामान तथा सवारीसाधन बरामद गरेको छ।सशस्त्र प्रहरी नायब उपरीक्षक सुरज क्षेत्रीका अनुसार विभिन्न समयमा गरिएको जाँच तथा निगरानीका क्रममा बरामद गरिएका सामान तथा सवारीसाधन आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको छ।वीरगञ्ज महानगरपालिका–१६ इनर्वा क्षेत्रबाट मोटरसाइकलमा लोड गरी नेपालतर्फ ल्याउँदै गरेको करिब रु. २ लाख ५१ हजार ८२० बराबरको कपडा बरामद गरिएको छ। कपडासहित मोटरसाइकलसमेत नियन्त्रणमा लिएर भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ।त्यस्तै, वीरगञ्ज महानगरपालिका–१६ स्थित भन्सार मेनगेट क्षेत्रबाट करिब रु. १ लाख १२ हजार ८०० बराबरको स्मार्ट टिभी तथा टाँगा र घोडासमेत नियन्त्रणमा लिइएको छ। बरामद सामग्री तथा सवारीसाधन आवश्यक कारबाहीका लागि सम्बन्धित भन्सार कार्यालयमा बुझाइएको छ।यसैगरी, भन्सार छली गरी नेपाल भित्र्याइएका करिब रु. १ लाख ७३ हजार ७१० बराबरका कपडा तथा हार्डवेयरका सामान पनि सशस्त्र प्रहरीले बरामद गरेको जनाएको छ। भारतबाट चार जनाले टाउकोमा बोकेर नेपालतर्फ ल्याउँदै गरेको करिब रु. ३ लाख बराबरको विभिन्न किसिमका कपडासमेत नियन्त्रणमा लिइएको छ।सशस्त्र प्रहरीको टोलीले करिब रु. ६० लाख बराबरको एसी तथा रु. ४ लाख २७ हजार ३८० बराबरका विभिन्न औषधिसमेत बरामद गरेको जनाएको छ।सशस्त्र प्रहरीले सीमावर्ती क्षेत्रमा अवैध रूपमा हुने चोरी–पैठारी तथा भन्सार छली नियन्त्रणका लागि निगरानी र गस्तीलाई निरन्तरता दिएको जनाएको छ। बरामद भएका सबै सामान तथा सवारीसाधन आवश्यक कानुनी प्रक्रियाका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।

About The Author

Mithila Times

Leave a Comment